झुटो विवरण पेश गर्नेको नागरिकता रद्ध <p>काठमाडौं। सरकारले झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएका एकजनाको नागरिकता रद्ध गरेको छ।&nbsp;</p> <p>२३ मंसीरमा बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीबाट नागरिकता लिएका नागरिकता नम्बर ३०२०६३/१३३५९ का जमालुदिन धुनियाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्