सागमा पदक जित्ने सुदूरपश्चिम क्षेत्रका खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रदेश सरकारको घोषणा

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) मा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने भएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले नगदसहित सम्मान गर्ने घोषणा गरेको उनका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिएका छन्।

उनका अनुसार स्वर्ण पदक विजेता खेलाडीलाई जनही एकलाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई ३० हजार रूपैयाँ दिने घोषणा गरिएको छ।

“खेलाडीहरूको हौसला बढाउनका लागि नगदसहित सम्मान गर्ने घोषणा गरिएको हो,” उनले भने, “आवश्यक प्रक्रिया सकेर सामाजिक विकास मन्त्रालयबाट रकम हस्तान्तरण गरिन्छ।”

प्रतिक्रिया दिनुहोस्