काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट १ ग्राम ६ मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका–१० बस्ने २९ वर्षीय अनुज खत्री, विराटनगर महानगरपालिका–६ बस्ने ४१ वर्षीय तेजबहादुर कार्की र २० वर्षीय अयुव आलम रहेका छन्। उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको हो।
भारतबाट आउँदै गरेका खत्रीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथमा लागूऔषध खैरो हेरोइन फेला परेपछि उनीसँगै रहेका कार्की र आलमलाई समेत पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई बरामद खैरो हेरोइनसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।
त्यस्तै, एपीएफको टोलीले पर्साको जगरनाथ गाउँपालिका–१ पिडारी गुठीस्थित औरिया खोलाबाट ११ किलो चरेश बरामद गरेको छ।
बीआर २२ जेट ३१२५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
चरेश ल्याउने व्यक्ति एपीएफ टोलीलाई देखेपछि चरेश तथा मोटरसाइकल छोडेर भागेका थिए।
यसैगरी, सिराहा नगरपालिका–२० स्थित सीमा ईलाकाबाट एक लाख ३२ हजार रूपैयाँ बरारबको चौपाया बरामद गरेको छ।
भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको ३२ हजार रूपैयाँ बरारबको २२ वटा पाडाहरू सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
बरामद चौपाया भन्सार कार्यालय सिराहामा बुझाइएको छ।
" /> काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट १ ग्राम ६ मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा केराबारी गाउँपालिका–१० बस्ने २९ वर्षीय अनुज खत्री, विराटनगर महानगरपालिका–६ बस्ने ४१ वर्षीय तेजबहादुर कार्की र २० वर्षीय अयुव आलम रहेका छन्। उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको हो।

">