काठमाडौं। पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेस्टमा आज १८.२ ओभरको खेलमात्र सम्भव भयो।
ओसिलो आउटफिल्डका कारण ढिला शुरू भएको दोस्रो दिनको खेल खराब प्रकाशका कारण चाँडै रोकिएको थियो।
पाकिस्तानको रावलपिन्डीमा २५ मंसीरदेखि शुरूभएको टेष्टमा दोस्रो दिन पाहुना टोली श्रीलंकाले थप एक विकेट गुमाएर ६१ रन जोड्यो।
दोस्रो दिनको समाप्तीमा श्रीलंका २६३–६ को अवस्थामा छ। श्रीलंकाले २०२–५ को स्थितीबाट दोस्रो दिनको शुरूआत गरेको थियो।
आजको खेल शुरू हुँदा धनन्जय डी सिल्भा ३८ तथा निरोशन दिकवेला ११ रनको अवस्थामा थिए। सिल्भा ७२ रनमा अविजित छन् भने दिकवेला ३३ रन बनाएर पवेलियन फर्किए।
दिकवेलालाई नासीम शाहले असद शफिकमार्फत क्याच गरेका थिए।
डी सिल्भालाई दिलरुवान परेराले २ रन बनाएर साथ दिइरहेका छन्। पाकिस्तान टेस्ट क्रिकेट भएको २००९ पछि यो पहिलो हो।