काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ सिजनलाई बहुराष्ट्रिय कम्पनी कतार एयरवेजले प्रयोजन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलर बराबरको सम्झौता गरेको हो।
‘ए’ डिभिजन लिगको नयाँ सिजन २७ मंसीरदेखि शुरू हुँदैछ। एन्फाले कतार एयरवेजसँग एक वर्षका लागि सम्झौता गरेको हो। कतार एयरवेजले दुई किस्तामा एन्फालाई रकम उपलब्ध गराउनेछ। पहिलो किस्तामा ९० हजार र दोस्रो किस्तामा ६० हजार अमेरिकी डलर उपलब्ध गराउने छ।
सम्झौतापछि अब ‘कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग’को नाममा नेपालको लिग सञ्चालन हुनेछ। त्यस्तै अब लिग खेल्ने १४ क्लबले कतार एयरवेजको लोगो लगाउनुपर्नेछ। त्यस्तै, एन्फाले गर्ने अन्य गतिविधिमा पनि कतार एयरवेजको लोगो प्रयोग गर्नुपर्नेछ। एलइडी स्क्रिन, पेरिमिटर बोर्ड र स्टेडियम फ्ल्यागमा कतारको लागो प्रयोग हुनेछ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलका लागि अत्यन्त्यै सुखद क्षण भएको बताए।
“नेपाली फुटबलका लागि यो अत्यन्तै खुशीको क्षण हो। हामी सधैं लिग गर्न तड्पिनु पर्ने अवस्था थियो। क्लबहरूले सधैं यसपाली भयो अर्को पाली हुन्छ कि हुँदैन भन्ने गर्थे। यस पटक पनि त्यही कुरा भएको थियो”, एन्फा अध्यक्ष शेर्पाले भने, “अब त्यस्तो अवस्था नआउनेमा म विश्वस्त छु।”
यस लिगमा थ्री स्टार, मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, फ्रेण्ड्स, मछिन्द्र, च्यासल युवा, नेपाल पुलिस, सरस्वती युवा, हिमालयन शेर्पा, संकटा, एपीएफ, जावलाखेल, ब्रिगेड ब्वाइज र एनआरटी क्लबले प्रतिस्पर्धा गर्नेछन्। लिगमा प्रत्येक टोलीले १३ खेल खेल्नेछन्। लिगमा कूल ९१ खेल हुनेछ। लिगमा पुछारको एक टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ।
कतार एयरवेज कन्ट्री म्यानेजर मोहम्मद इलले शहीद स्मारक लिग अझ भब्य बन्ने विश्वास व्यक्त गरे।
“मैले अस्तिमात्र नेपालको फुटबल हेरेको थिएँ। नेपालमा फुटबलको क्रेज ठुलो छ”, इलले भने, “सागमा नेपालले हासिल गरेको सफलताका लागि सबैलाई बधाई छ। कतार एयरवेज विश्वकै पुरानो र ठूलो एयरवेज हो। शहीद स्मारक लिग अझ भब्य बन्नेमा म विश्वस्त छु।”
उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार
लिगको विजेताले गत वर्षजस्तै ५० लाख रूपैयाँ नगद पुरस्कार पाउनेछन्। दोस्रो स्थानमा रहनेले ३५, तेस्रोमा रहनेले २५, चौथोमा रहनेले १५, पाँचौंमा रहनेले ७ र छैटौं स्थानमा रहनेले ५ लाख रूपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ।
लिगको प्रत्येक खेलमा विजयीले टोलीले ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। खेल बराबरीमा टुंगिए दुबै टोलीले समान १५ हजार नगद पुरस्कार पाउनेछन्। त्यस्तै लिगमा विधागततर्फ उत्कृष्ट हुने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।
यसअघि विधागततर्फ उत्कृष्ट हुनेले एक थान मोटरसाइकल पाउँदै आएका थिए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दी म्याच हुनेले १० हजार र लिगको फेयर प्ले टोलीले १ लाख रूपैयाँ नगद पुरस्कार पाउनेछन्।
टिकटदर २०० र ५००
लिगको पहिलो खेल २८ मंसीरमा मछिन्द्र र ब्रिगेड ब्वाइज क्लबबीच दशरथ रंगशालामा ३ बजे हुनेछ। लिगमा टिकटबाट १ करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको एन्फाले रंगशाला प्रवेशका लागि टिकट दर सर्वसाधारणतर्फ २०० र भीआइपीतर्फ ५०० रूपैयाँ तोकेको छ।
एन्फाले टिकटका लागि ‘प्रभु पे’सँग सहकार्य गरेको एन्फा अध्यक्ष शेर्पाले बताए। उनले प्रभु पेको २८३ स्थानमा स्टल रहेको र त्यहाँबाट लिगको टिकट किन्न सकिने बताए।
एक टीममा ४ विदेशी खेलाडी
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एउटा क्लबले ४ विदेशी खेलाडी राख्न पाउनेछ। ४ मध्ये एक खेलाडी दक्षिण एशियाको हुनुपर्छ। एउटा क्लबले कम्तिमा १८ र बढीमा ४३ खेलाडी अनुबन्ध गर्न पाउनेछ।
जापानी टोलीले नेपाल निलो र मनाङसँग खेल्ने
मैत्रीपूर्ण खेलका लागि २५ मंसीरमा नेपाल आइपुगेको जापानी टोलीले २७ मंसीरमा नेपाल निलोसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। नेपाल निलोमा राष्ट्रिय टोलीमा नरहेका खेलाडी हुनेछन्। जापानी टोलीमा जापान फुटलब लिग खेल्ने क्लबहरू मध्येबाट उत्कृष्ट यू–२३ खेलाडीहरू रहेका छन्।
जापानी टोलीले ३१ मंसीरमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। दुई देशको भातृसम्बन्ध विस्तार तथा संस्कृति आदान–प्रदान गर्न यस खेलको आयोजना गरिएको एन्फाले जनाएको छ।
यो दुई मैत्रीपूर्ण खेलमा व्यवस्थापनबाहेकको सम्पूर्ण खर्च जापान फुटबल संघले बेहोर्नेछ।
२७ मंसीरमा दशरथ रंगशालामा ३ बजे शुरू हुने जापान र नेपाल निलोबीचको टिकट दर भने सर्वसाधारणतर्फ ५०० र भीआईपीतर्फ एक हजार रूपैयाँ रहेको एन्फाले जनाएको छ।