काठमाडौं। विस्फोट गर्ने धम्की दिई विभिन्न ठाउँबाट फिरौती रकम माग्ने एक गिरोहका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
परवानिपुर गाउँपालिका–४ स्थित चैनपुरबाट पक्राउ पर्नेमा परवानिपुर गकाउँपालिका–४ का ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, जीतपुर सिमरा उपमहानगरपालिका–२० का २० वर्षीय अच्छेलाल गोसाईं र फेटा गाँउपालिका–३ बस्ने ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन्।
बारा परवनीपपुर गाँउपालिका–४ स्थित एमएस इँट्टा उद्योगका सञ्चालक कलैया उपमहानगरपालिका–२५ का मनोज प्रसाद साह तेलीलाई प्रमोद साह गोढले २/३ महीनादेखि फिरौती रकम माग गरिरहेका थिए।
पटक–पटक फोन गरी १५ लाख रूपैयाँ फिरौती रकम माग गरेको र फिरौती रकम दिन अस्वीकार गरेपछि ४ कात्तिकमा इट्टा उद्योगमा बम विस्फोट गरी ‘फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुनेछ’ भनी मोवाइलबाट एसएमस तथा फोन गरी धम्की दिएका थिए।
फिरौती रकम ३ लाख लिएर परवानिपुर गाउँपालिका–४ स्थित चैनपुरमा पुगेका बेला इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरूविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रमोद साह गोढ यसअघि नलकटुवा बन्दुक र केही राउन्ड गोलीसहित पक्राउ परिसकेका व्यक्ति हुन्।
२८ चैत्र २०७३ मा अवैध घरेलु नलकटुवा बन्दुक र ३ राउन्ड गोलीसहित पक्राउ परेपछि प्रहरीले हातहतियार खरखजना मुद्दा चलाएको थियो।
पक्राउ परेकाहरूले यसअघिसमेत बाराको प्रसौनी गाउँपालिका–४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाइलबाट धम्की दिई ५० लाख रूपैयाँ फिरौती माग गरेका थिए।
फिरौती रकम नदिएपछि १० असोज २०७६ मा सुतली बम विष्फोटन गराएकोसमेत खुलेको छ।
त्यस्तै, उनीहरूले परवानीपुर गाउँपालिका–४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेका थिए।
रकम नदिएपछि २ असोज २०७६ मा सुतली बम विस्फोट गराएको र सो रिफाइनरीबाट २५ हजार रूपैयाँ फिरौती रकम लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
" /> काठमाडौं। विस्फोट गर्ने धम्की दिई विभिन्न ठाउँबाट फिरौती रकम माग्ने एक गिरोहका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।परवानिपुर गाउँपालिका–४ स्थित चैनपुरबाट पक्राउ पर्नेमा परवानिपुर गकाउँपालिका–४ का ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, जीतपुर सिमरा उपमहानगरपालिका–२० का २० वर्षीय अच्छेलाल गोसाईं र फेटा गाँउपालिका–३ बस्ने ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन्।

">