काठमाडौं। ८२ वर्षीया बालकुमारी कार्की दिनभर पानी बेच्छिन्। उनले वसन्तपुर डबली क्षेत्रमा पानी बेच्न थालेको छ वर्ष बित्यो।
त्यसअघि उनी बालुवा बोक्ने काम गर्थिन्। बुढेसकाल लागेसँगै बालुवाको भारी बोक्न कठिन भएपछि उनले पानी बेच्न थालेकी हुन्। त्यसैले अचेल वसन्तपुर क्षेत्रमा पानी बेचेरै उनी आफ्नो जीविकोपार्जन गरिरहेकी छिन्।
बलाकुमारी २००७ सालको प्रजातन्त्र स्थापना हुँदाको प्रत्यक्षदर्शी हुन्। त्यसयता २०४६ सालको परिवर्तन, २०५२ सालको माओवादी जनयुद्ध तथा २०६२/६३ सालको जनआन्दोलन पनि उनले देखेकी/भोगेकी छिन्।
गरिब, दुःखीको जीवन परिवर्तन गर्ने भन्दै आएका राजनीतिक परिवर्तनबारे उनले नजानेको भने होइन। हरेक परिवर्तनबारे उनी जानकार छिन्। तर, प्रजातन्त्र, गणतन्त्र लगायत कुनै ‘तन्त्र’ आउँदा उनका दुःखका दिन कम भएनन्। उमेर बढ्दै जाँदा काम झन्-झन् थपिँदै गयो।
“हरेक दिन के-के तन्त्र भनेर मनाइरहेका हुन्छन्। जुनसुकै तन्त्र आए पनि मैले पानी बेचिन भने एक छाक खाना खान पाउँदिन। म जस्ता दुःखीका लागि भनेर आएको विभिन्न तन्त्र मेरो लागि केही भएन।”
४० वर्षको उमेरमा श्रीमानको निधन भएपछि सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। ७० वर्षको उमेरमा सुत्केरी छोरीको हेरचाह गर्न सिन्धुपाल्चोकबाट काठमाडौं आएकी उनी अहिले एक्लै बस्दै आएकी छिन्। आज देशभर मनाइरहेको प्रजातन्त्र स्थापना हुँदा (२००७ सालमा) उनी १२ वर्षकी थिइन्।
त्यो बेलाका केही कुरा त उनलाई याद छ। तर, त्यसपछिका सबै परिवर्तनबारे उनी राम्रोसँग जानकार छिन्। भन्छिन्, “हरेक दिन के-के तन्त्र भनेर मनाइरहेका हुन्छन्। जुनसुकै तन्त्र आए पनि मैले पानी बेचिन भने एक छाक खाना खान पाउँदिन। म जस्ता दुःखीका लागि भनेर आएको विभिन्न तन्त्र मेरो लागि केही भएन।”
मदन थापाले काठमाडौंमा रिक्सा चलाउन थालेको १० वर्ष भयो। ५५ वर्षका उनको दिनचर्या बिहानदेखि रातिसम्म रिक्सा चलाएरै बित्छ। कुनै दिन उनी बिरामी परेर बाहिर निस्किन पाएनन् भने त्यो दिन उनको परिवार भोकै बस्नुपर्छ वा अरूसँग मागेर आफ्नो पेट भर्नुपर्ने हुन्छ।
५० को दशक पूरा गरेका उनलाई आज मनाइएको प्रजातन्त्र दिवसबारे खासै जानकारी छैन। केही समय उनी विभिन्न राजनीतिक पार्टीका आमसभा, जुलुस तथा विरोध प्रदर्शनमा पनि सहभागी भए। त्यहाँ जानुको उनको एउटै कारण थियो, सम्बन्धित पार्टीले आफ्नो लागि केही गर्छ कि भन्ने। तर, सबै पार्टीले आफूलाई प्रयोग मात्र गरेपछि उनी फेरि आफ्नै पेसामा लागे।
“आफूले काम नगर्दासम्म जे तन्त्र आए पनि केही हुँदैन। हामीलाई त सहज रूपमा काम गर्ने वातावरण बनाइदिए पनि धेरै ठूलो कुरा हो,” मदनले भने।
छ जनाको परिवार पाल्नका लागि उनले एक दिन पनि काम बन्द गर्नु पर्दैन। यदि, त्यस्तो गरेको खण्डमा उनलाई अर्को दिन थप समस्या हुन्छ।
त्यसैले त उनी भन्छन्, “मैले काम नगरेर घरमा बस्यो भने पूरै परिवार मर्ने अवस्था आउँछ। राजनीतिक परिवर्तनले देशको विकास गर्ला भन्ने लागेको थियो। अझै के-के तन्त्र मात्र भनिरहेका छन्। हुने केही पनि होइन।”
दोलखा घर भई काठमाडौंमा विगत १२ वर्षदेखि भारी बोक्ने काम गर्र्दै आएका ३५ वर्षीय राम थापालाई पनि आजको प्रजातन्त्र दिवसबारे राम्रो ज्ञान छ। तर, के गर्नु जस्तो सुकै ज्ञान भए पनि उनले एक दिन भारी बोकेनन् भने परिवारको पेटमा लात मारेजस्तो हुन्छ।
उनलाई अहिलेका राजनीतिक दलहरूप्रति निकै वितृष्णा बढेको छ। पद र सत्ताको लुछाचुँडीका लागि भइरहेका विभिन्न खेलका कारण उनी राजनीतिक दल तथा नेताप्रति रूष्ट भएका हुन्। “नेताहरू मात्र इमान्दार भइदिने हो भने एकै तन्त्र भए पनि देश विकास हुन्छ। हामी जस्ताले सहज ढंगबाट काम गरेर खान पाउँछौं,” उनले भने।
०००
बालकुमारी, मदन र राम त उदाहरण पात्र मात्र हुन्। उनीहरूजस्ता हजारौंले विभिन्न समयमा भएका राजनीतिक परिवर्तनबाट राहतको अनुभूति गर्न पाएका छैनन्।
आज देशले ७१औं प्रजातन्त्र दिवस मनाइरहँदा हजारौं संख्यामा रहेका गरिब, दुःखीले उही पीडा लिएर बाँच्नुपरेको छ।
उनीहरूको एउटै प्रश्न छ- आखिर राजनीतिक परिवर्तन कसका लागि?
" /> काठमाडौं। ८२ वर्षीया बालकुमारी कार्की दिनभर पानी बेच्छिन्। उनले वसन्तपुर डबली क्षेत्रमा पानी बेच्न थालेको छ वर्ष बित्यो।त्यसअघि उनी बालुवा बोक्ने काम गर्थिन्। बुढेसकाल लागेसँगै बालुवाको भारी बोक्न कठिन भएपछि उनले पानी बेच्न थालेकी हुन्। त्यसैले अचेल वसन्तपुर क्षेत्रमा पानी बेचेरै उनी आफ्नो जीविकोपार्जन गरिरहेकी छिन्।

">