काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी अचेल के गर्दै छन्?
यो एउटा यस्तो प्रश्न हो, जसको जवाफ एक शब्दमा खोज्न नसकिने गरी धोनीले आफूलाई सक्रिय राखेका छन्। शान्त स्वभावका लागि चर्चित धोनीले क्रिकेटको रंगीन दुनियाँबाट सन्यास लिएपछि आफूमात्र नभई छिमेकीहरूलाई समेत फाइदा पुग्ने काम सुरू गरेका छन्।
हालैमात्र धोनीको एउटा फोटो भाइरल भएको थियो, जसमा उनी स्ट्रबेरी खाइरहेका थिए। त्यो उनले आफ्नै खेतमा फलाएको स्ट्रबेरी थियो। धोनीले ४३ एकड खेतमा स्ट्रबेरीको खेती गरेका छन्।
धोनीको खेतमा स्ट्रबेरीसँगै भूइँकटहर, सरिफा, अम्बा, मेवा, प्याज, गोलभेँडा, लौका र मटर पनि उब्जनी हुन्छ। चारैतिरबाट आँपका रूखले घेरिएको जमिनमा सिजनअनुसार काउली र खरभुजा पनि रोप्ने गरिएको छ।
धोनी आफैं गर्छन् खेती?
क्रिकेटको दुनियामा धोनीलाई उनको उत्कृष्ट ब्याटिङ, विकेटकिपिङ र शानदार तरिकाले ‘म्याच फिनिस’ गर्ने क्षमताका लागि चिनिन्छ। क्रिकेटमा जस्तो कृषिमा उनी आफैं विज्ञ होइनन्, त्यसैले खेती गर्नका लागि उनले विज्ञहरूसँग सहकार्य गरेका छन्।
राँची जिल्लाको केन्द्रबाट १८ किलोमिटर टाढा सेबो गाउँमा रहेको धोनीको फार्म हाउसमा खेतीको जिम्मा कृषि विज्ञानका स्नातक रोशन कुमारले लिएका छन्।
रोशनका अनुसार धोनीको फार्ममा पूरा अर्ग्यानिक खेती हुन्छ। तर सुरूआतमै पूरा अर्ग्यानिक खेती सम्भव नहुने उनी बताउँछन्। सुरूमा सामान्य तरिकाबाट सुरू गरेर विस्तारै अर्ग्यानिकतिर सिफ्ट हुनुपर्ने उनले बताए। खेतीलाई पूर्णरूपमा अर्ग्यानिक बनाउनका लागि धोनीको फार्म हाउसमा गाई, कुखुरा, माछा र हाँस पाल्ने योजना छ।
“लकडाउन दौरान म पलामुको जपलामा आफ्नो घर बनाइरहेको थिएँ। त्यही समय मलाई एउटा फोन आयो र धोनीले बोलाए। मैले एकछिन पनि नसोचिकन यहाँ आउने निर्णय गरेँ र त्यसयता यहाँको खेती सबै मेरो जिम्मामा छ,” रोशन कुमारलाई उद्यृत गर्दै बीबीसीले लेखेको छ।
नयाँ प्रविधि र स्वादिष्ट स्ट्रबेरी
“पहिलो भेटमै धोनी दाईले मलाई ‘जमिनको कुनै पनि ठाउँ खाली नहुने गरी खेती गर्नुपर्छ’ भन्नुभयो। ‘तर जमिनका विभिन्न कुना र भागको आ-आफ्नै विशेषता हुन्छन्, त्यसमा ध्यान दिनु’ भन्नुभएको थियो। त्यसकारण हामीले पहिला जमिन तयार गर्यौं। त्यसकै लागि मात्र छ महिना लाग्यो। त्यसपछि हामीले स्ट्रबेरी र खरभुजाको खेती सुरू गर्यौं। दाईले स्ट्रबेरी चाख्दै ‘थुप्रै देशमा खाएको छु, तर यसको स्वाद विशेष छ’ भन्नुभयो,” रोशनले भने, “हामीले ग्राफ्टिङ प्रविधिबाट काम गरिरहेका छौं। गोलभेँडाको जरा भन्टाको छ। भन्टाको जरा गोलभेँडाको भन्दा बलियो हुने भएकोले हामीले ग्राफ्ट गरेका हौं। गोलभेँडाको तुलनामा भन्टाको जरा लामो समयसम्म रहन्छ र यसले पोषक तत्त्व पनि जमिनबाट धेरै लिन सक्छ। जसका कारण फल धेरै लाग्छ। सामान्यतया फल दिन थालेपछि गोलभेँडाको बोट एक/दुई महिनामा ओइलाउन थाल्छ, तर हामी चार महिनासम्म पनि गोलभेँडाको फल लिइरहेका हुन्छौं।”
रोशनका अनुसार धोनीको फार्ममा पूरा अर्ग्यानिक खेती हुन्छ। तर सुरूआतमै पूरा अर्ग्यानिक खेती सम्भव नहुने उनी बताउँछन्। सुरूमा सामान्य तरिकाबाट सुरू गरेर विस्तारै अर्ग्यानिकतिर सिफ्ट हुनुपर्ने उनले बताए। खेतीलाई पूर्णरूपमा अर्ग्यानिक बनाउनका लागि धोनीको फार्म हाउसमा गाई, कुखुरा, माछा र हाँस पाल्ने योजना छ। यस्तो तरिकालाई एकीकृत खेती भनिन्छ। यसरी खेती गर्दा उत्पादन तथा अन्य फाल्नुपर्ने चिज पनि यहीँ प्रयोग हुन सक्छ।
धोनीको फार्ममा उनकी पत्नी साक्षी पनि बेलाबखत आइरहन्छिन्। प्रत्येक पटक फार्ममा पुग्दा साक्षीको सुझाव हुने गर्छ, “खेतीसँगै फार्म रहेको स्थानको सुन्दरता पनि कायम राख्नुपर्छ। प्राकृतिक स्वरूप नबिगारिकन काम गर्नू।”
आसपासका गाईको उपचार व्यवस्था
फार्म हाउसका म्यानेजर कुणाल गौतमका अनुसार धोनीको खेतमा दैनिक ७० देखि ८० मजदुर काममा खटिन्छन्। फार्ममा काम गर्ने मजदुरहरू सबै आसपासको गाउँकै किसानहरू हुन्छन्। यसरी फार्ममा काम गर्न आउने मजदुरलाई ज्यालासँगै खेती गर्ने आधुनिक र प्रभावकारी तरिकाहरू पनि सिकाइन्छ।
“यहाँ सिकेका तरिकाअनुसार उनीहरूले आफ्नो खेती पनि गरून् र समग्रमा गाउँकै जीवनस्तर माथि उठोस् भन्ने दाई (धोनी)को इच्छा छ। दाईले यो फार्मसँगै आसपासका गाउँका गाईवस्तुको उपचारका लागि एकजना भेटनरी डाक्टर पनि नियुक्त गर्नुभएको छ,” म्यानेजर गौतमले भने।
फार्ममा ७० वटा गाईसँगै तीनवटा भैँसी पनि छन्। केही दिनभित्र छत्तीसगढबाट कडकनाथ कुखुरा ल्याउने तयारी भइरहेको छ। कडकनाथ कुखुरा यसअघि नै ल्याइसक्ने योजना रहे पनि भारतमा अचानक फैलिएको बर्ड फ्लुका कारण केही समय ढिलो भएको डा. रञ्जनले बताए। आउँदो दुई साताभित्र दुई सय वटा बट्टाई आइपुग्ने छन्।
धोनीको फार्ममा नियुक्त भेटनरी डा. विश्व रञ्जनका अनुसार उनलाई आसपासको गाउँमा पालिएका गाईवस्तु र कुखुराको पनि हेरविचार गर्ने जिम्मेवारी सुम्पिइएको छ। “धोनी दाईले मलाई फार्मका गाई र कुखुरासँगै वरिपरिको गाउँका पनि घरपालुवा जनावरको उपचार गर्ने जिम्मा दिनुभएको छ। त्यसैको लागि हामीले यहाँ लिफ्टिङ मसिन ल्याउँदै छौं। त्यसो भएपछि प्यारालाइसिस भएका गाई तथा अन्य जनावरलाई पनि बचाउन सकिन्छ,” डा. रञ्जन भन्छन्।
फार्ममा अहिले ७० वटा गाई पालिएको छ। यसका साथै गीर र अन्य विदेशी जातका गाईहरू ल्याउने तयारी भइरहेको छ। धोनीले विदेशी जातका गाई ल्याउनका लागि विशेष रूपमा डा. रञ्जनलाई निर्देशन दिएका छन्। गाई पाल्नका लागि फार्मभित्र तीन सय वटा गाई अट्ने क्षमताको आधुनिक गोठ बनाइएको छ। अचेल प्रत्येक दिन तीन सय ५० देखि चार सय लिटरसम्म दूध धोनीको फार्ममा उत्पादन भइरहेको छ। जुन दूध राँचीको बजारमा बिक्रीवितरण भइरहेको छ।
फार्ममा ७० वटा गाईसँगै तीनवटा भैँसी पनि छन्। केही दिनभित्र छत्तीसगढबाट कडकनाथ कुखुरा ल्याउने तयारी भइरहेको छ। कडकनाथ कुखुरा यसअघि नै ल्याइसक्ने योजना रहे पनि भारतमा अचानक फैलिएको बर्ड फ्लुका कारण केही समय ढिलो भएको डा. रञ्जनले बताए। आउँदो दुई साताभित्र दुई सय वटा बट्टाई आइपुग्ने छन्। फार्म ठूलो भए पनि त्यहाँभित्र एउटा सानो पोखरी छ, जहाँ माछा पालिएको छ।
मजदुरलाई गाई दिँदै धोनी
दिल्लीसहित पूरा भारतभर चलिरहेको किसान आन्दोलनको विषयमा केही क्रिकेटरहरूले गरेका ट्विट पछिल्ला दिनमा चर्चाको शिखरमा थिए। तर, आफैं किसानीमा रमाइहेका ‘क्याप्टेन कुल’ले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
क्रिकेटबाट सन्यास लिएपछि धोनीका अधिकांश समय राँचीस्थित आफ्नै घरमा बित्ने गरेको छ। फूर्सदिलो देखिएका धोनी कहिले फार्ममा ट्रयाक्टर चलाइरहेको तस्बिरमा देखिन्छन् भने कहिलेकाहीँ स्ट्रबेरी खाइरहेको तस्बिर सार्वजनिक गरिरहेका हुन्छन्।
धोनीको खेतमा काम गर्ने एक मजदुर जसिता कुजुर छिमेकी गाउँ जराटोलीमा बस्छिन्। धोनी फार्ममा आउँदा उनले पूर्वराष्ट्रिय क्रिकेट कप्तानसँग भेटेकी छिन्। धोनीसँग उनले फोटो पनि खिचेकी छिन्। भेटको दौरान धोनीले उनलाई आगामी दिनमा आफैं पाल्नका लागि गाई दिने आश्वासन दिएका छन्। अचेल भने उनले धोनीको फार्ममा काम गरेवापत दैनिक दुई सय रूपैयाँ मजदुरी पाउँछिन्।
धोनीको फार्म आसपासका गाउँलेका लागि मजदुरी गर्ने र आधुनिक खेतीको तरिका सिक्नका लागि मात्र नभई उनीसँग भेट्ने र फोटो खिचाउनका लागि पनि आकर्षणको केन्द्र बनेको छ। धोनी फार्ममा आएका बेला उनीसँग भेट्न र फोटो खिच्नका लागि वरिपरिका गाउँलेको भीड लाग्ने गरेको त्यहाँ कार्यरत मजदुरहरू बताउँछन्।
जसितासँगै काम गर्ने २० वर्षीया उपासना संगा भन्छिन्, “मैले त दाई (धोनी)लाई भेटिसकेकी छु। उहाँसँग फोटो पनि खिचेकी छु। मेरा थुप्रै साथीहरूले उहाँ आएको बेला खेतमा काम गर्नका लागि बोलाउन भनेका छन्। उनीहरू कामको बहानामा यहाँ आएर दाईसँग भेट्न र फोटो खिचाउन चाहन्छन्।”
अर्ग्यानिक खेतीको ‘ब्राण्ड एम्बेसडर’ बनाउने सरकारी चाहना
राँचीको तरकारी बजारलाई मानिसहरू ‘डेली मार्केट’ भन्ने गर्छन्। यो बजारमा १० बाई १० को एउटा सानो पसल छ, तर पछिल्लो केही समययता यो सानो पसल ग्राहकसँगै सञ्चारकर्मीहरूको आकर्षणको केन्द्र बनेको छ। पसलमा धोनीको फोटो अंकित उनको फार्मको ब्यानर झुण्ड्याइएको छ।
धोनीको फर्मका उत्पादन बेचिने यो पसलका मालिक अरशद आलम हुन्। धोनीको नामका कारण ग्राहकहरूको भीड लाग्ने गरेको बताउँदै पसले आलम भन्छन्, “यो जुन स्ट्रबेरी तपाईं देखिरहनुभएको छ, सबै धोनीको फार्मबाट ल्याइएको हो। धोनीको फार्मबाट दिनहुँ यहाँ ताजा फलफूल र तरकारी आउँछन्। धोनीको नामका कारण ग्राहकहरू आउँछन्। र, सामान पनि राम्रो हुने भएकाले लिएर जान्छन्। एकपटक यहाँ आउने मानिस हाम्रो नियमित ग्राहक बन्ने गरेका छन्।”
कृषिलाई व्यावसायिक रूपमा अंगालेपछि विश्वस्तरमै ख्याति कमाइसकेका पूर्वकप्तान धोनीलाई केही समयअघि झारखण्डका कृषिमन्त्री बादल पत्रलेखले आफ्नो राज्यमा अर्ग्यानिक खेतीको ‘ब्राण्ड एम्बेसडर’ बन्न प्रस्ताव गरेका थिए। तर, धोनीले भने यसमाथि कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।
नजिकैको अर्को एक सानो पसलका मालिक दीपकले छिमेकी पसलमा धोनीको फार्मबाट सामान आउने भएकाले आफ्नो पसलमासमेत भीडभाड हुने गरेको बताए। धोनीको फार्मबाट आउने तरकारी तथा फलफूल गुणस्तरीय हुने भएकाले ग्राहकहरूबाट राम्रो प्रतिक्रिया आउने गरेको उनको भनाइ थियो।
राँचीको लालपुर चोकमा एकाबिहानै सुमन यादवको दूध काउन्टरमा पनि मज्जैको भीड जम्मा हुन्छ। उनको काउन्टरमा पनि धोनीको फार्मको पोस्टर टाँसिएको छ। गत वर्ष अगस्टयता उनले धोनीको फार्मबाट आएको दूधमात्र बेच्ने गरेका छन्। उनका अनुसार धोनीको फार्मबाट आउने दूधमा पानी, पाउडर तथा अन्य कुनै पनि प्रकारको मिसावट हुँदैन। धोनीको फार्मबाट दिनहुँ एकाबिहानै उनको काउन्टरमा दूध आइपुग्छ। जसलाई उनले आफ्ना ग्राहकको घरसम्म पुर्याउने गरेका छन्। दूध खरिदको क्रममा धोनीसँग जहिले भेट हुँदा पनि गाई र दूधको बारेमामात्र कुरा हुने गरेको सुमनले बताए।

(तस्बिरहरु: बीबीसी तथा सामाजिक सञ्जालबाट।)
" /> काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी अचेल के गर्दै छन्?यो एउटा यस्तो प्रश्न हो, जसको जवाफ एक शब्दमा खोज्न नसकिने गरी धोनीले आफूलाई सक्रिय राखेका छन्। शान्त स्वभावका लागि चर्चित धोनीले क्रिकेटको रंगीन दुनियाँबाट सन्यास लिएपछि आफूमात्र नभई छिमेकीहरूलाई समेत फाइदा पुग्ने काम सुरू गरेका छन्।

">