काठमाडौं। ३० लाख ८४ हजार चार सय रूपैयाँसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरले तास खेलिरहेको अवस्थामा उनीहरूलाई शुक्रबार बेलुकी अन्दाजी ५:३० बजे पक्राउ गरेको हो।
प्रहरी निरीक्षकद्वय पोषणराज थपलिया र सुरेशराज भट्टको कमाण्डमा खटिएको ३५ जनाको टोलीले उनीहरूलाई ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोठीस्थित अजय महर्जनको घरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ललितपुरकै ४३ वर्षीय रामबहादुर लामा, ४० वर्षीय प्रकाश भण्डारी, ४७ वर्षीय लवकुमार बस्नेत, ४३ वर्षीय राकेश महर्जन, ३९ वर्षीय दिनेश पुडासैनी, ५३ वर्षीय हिटलर श्रेष्ठ, २८ वर्षीय अनिल महर्जन, ३६ वर्षीय श्रीकृष्ण खड्का र ४२ वर्षीय तुलसीराम महर्जन रहेका छन्।
सोही ठाउँका ४६ वर्षीय सानुकान्छा महर्जन, ४५ वर्षीय पूर्ण श्रेष्ठ, ४८ वर्षीय विनोदप्रसाद घिमिरे, ४० वर्षीय पूर्णमान माली,
५७ वर्षीय सानुकान्छा बस्नेत, ४६ वर्षीय राम खत्री, ३२ वर्षीय विनोद महर्जन र ५५ वर्षीय चिरीकाजी महर्जन पनि पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले पक्राउ परेकाहरूको साथबाट १९ बुक तास र १६ थान कौडा पनि बरामद गरेको बताए।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले जुवातास नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्ने जनाएको छ।
" /> काठमाडौं। ३० लाख ८४ हजार चार सय रूपैयाँसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर ललितपुरले तास खेलिरहेको अवस्थामा उनीहरूलाई शुक्रबार बेलुकी अन्दाजी ५:३० बजे पक्राउ गरेको हो।

">