काठमाडौं। नेपाल तामाङ घेदुङको पुरातत्व विभागले तामाङ जातिसँग सम्बन्धित पुरातात्त्विक सम्पदासम्बन्धी खोज अनुसन्धान गराउने भएको छ।
विभागले त्यसका लागि ‘पुरातात्त्विक सम्पदासम्बन्धी लेखन तथा फोटो प्रतियोगिता-२०७७’ आयोजना गर्ने भएको छ।
स्वअनुसन्धानमा आधारित पुरातत्वसम्बन्धी लेख, रचना र फोटो पठाउन विभागले आह्वान गरेको छ। कुनै सञ्चार माध्यम, सामाजिक सञ्जाल वा पुस्तकमा प्रकाशन भइसकेको सामग्रीलाई भने मान्यता नदिइने विभागले जनाएको छ।
विभाग प्रमुख कुयाङ लामाले ऐतिहासिक रूपले जीर्ण सम्पदा, माने, पाटीपौवा, गुम्बा, चौतारा, काकलिङ, ढुंगाको पुललगायतको फोटो पठाउन सकिने पनि बताए। प्रतियोगितमा सामेल लेख, रचना तथा फोटोलाई समेटेर विभागले नतिजा घोषणा गर्ने र पुस्तकसमेत प्रकाशन भएको छ। लेख वा रचना कम्तीमा पाँच सयदेखि बढीमा तीन हजार शब्दको हुनुपर्ने भनिएको छ।
विभागका प्रमुख लामाले प्राप्त लेखहरुको मूल्यांकनका आधारमा प्रथम, द्वितीय र तृतीय छनोट गरी क्रमशः २५ हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार दिइने बताए।
प्रतियोगिताका सहभागी हुन चाहनेले खोजमूलक लेख, रचना र फोटो घेदुङको केन्द्रीय कार्यालयमा यही फागुन २९ गतेभित्र पठाइसक्नुपर्ने विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। नेपाल तामाङ घेदुङको पुरातत्व विभागले तामाङ जातिसँग सम्बन्धित पुरातात्त्विक सम्पदासम्बन्धी खोज अनुसन्धान गराउने भएको छ।विभागले त्यसका लागि ‘पुरातात्त्विक सम्पदासम्बन्धी लेखन तथा फोटो प्रतियोगिता-२०७७’ आयोजना गर्ने भएको छ।

">