काठमाडौं। कोरोनाकालमा अमेरिकी नागरिकको आयु एक वर्ष घटेको छ। नेसनल सेन्टर फर हेल्थ स्टाटिस्टिक्सले हालै जारी गरेको एक रिपोर्टमा यो तथ्य उल्लेख भएको हो।
रिपोर्टअनुसार २०१९ मा अमेरिकीको आयु औसतमा ७८.८ रहेको थियो। २०२० को पहिलो ६ महिनामा यो आँकडा घटेर ७७.८मा पुगेको हो। यसलाई सन् १९४० को दशकपछि अमेरिकीको औसत आयुमा सबैभन्दा ठूलो गिरावट मानिएको छ।
रिपोर्ट मुताबिक अमेरिकामा सबैभन्दा बढी अश्वेतको आयु २.७ वर्ष घटेको छ। २०१९ मा यिनीहरूको औसत आयु ७४.७ वर्ष थियो, २०२० को पहिलो छ महिनामा यसमा गिरावट आएर ७२ मा अड्किएको छ।
उता, हिस्पेनिक समुदायको आयु भने ८१.८ बाट घटेर ७९.९ मा पुगेको छ। श्वेत समुदायको औसत आयु भने २०१९ मा रहेको ७८.८ बाट घटेर ७८ पुगेको छ। कोरोनाकालमा अमेरिकामा श्वेत र अश्वेत समुदायको औसत आयुको दूरी बढेर ६ वर्ष पुगेको छ। यो आँकडा २०१९ को तुलनामा ४६ प्रतिशत बढी हो। १९९८ पछि यी दुई समुदायको औसत उमेरमा आएको यो ठूलो अन्तर हो।
किन यतिविधि अन्तर?
प्रिन्सटन युनिभर्सिटीकी वरिष्ठ डेमोग्राफी विशेषज्ञ नोरिन गोल्डम्यान श्वेत र अश्वेत समुदायबीचको आयुमा ठूलो अन्तर आउनुमा दुईवटा कारण रहेको मान्छिन्। पहिलो, कोरोनाविरुद्धको संघर्षमा अधिकांश अश्वेत र हिस्पेनिक समुदाय अग्रमोर्चामा उभिनु। दोस्रो, श्वेत समुदायको तुलनामा अश्वेतको स्वास्थ्य सेवामा कमजोर पहुँच हुनु।
रिपोर्टमा अमेरिकामा कोरोना संक्रमणबाट जुन २०२० सम्म भएको मृत्युको आधारमा मानिसको औसत आयु आकलन गरिएको छ। अमेरिकामा ड्रग्सको ओभरडोजका कारण पनि धेरैजनाको मृत्यु हुने गर्छ। यसका कारण त्यहाँ हरेक वर्ष आयु ०.१ देखि ०.२ वर्ष घट्छ। विशेषज्ञहरू अमेरिकामा २०२० मा मानिसको आयु औसतमा १.१३ वर्ष घटेको अनुमान गर्छन्।
(एजेन्सी)
" /> काठमाडौं। कोरोनाकालमा अमेरिकी नागरिकको आयु एक वर्ष घटेको छ। नेसनल सेन्टर फर हेल्थ स्टाटिस्टिक्सले हालै जारी गरेको एक रिपोर्टमा यो तथ्य उल्लेख भएको हो।रिपोर्टअनुसार २०१९ मा अमेरिकीको आयु औसतमा ७८.८ रहेको थियो। २०२० को पहिलो ६ महिनामा यो आँकडा घटेर ७७.८मा पुगेको हो। यसलाई सन् १९४० को दशकपछि अमेरिकीको औसत आयुमा सबैभन्दा ठूलो गिरावट मानिएको छ।

">