खप्तडमा हिमपात
<p>डाेटी। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गएरातिदेखि हिमपात शुरू भएको छ। त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए।</p>
<p>“अत्यधिक चिसो छ। बेलाबेला हिमपात पनि भइरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ,” उनले भने।</p>
<p>यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो। हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको स्थानीय दीर्घ बोगटीले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्