अनुष्कालाई मिस वर्ल्डको मल्टिमिडिया अवार्ड
काठमाडौं। ६९औं संस्करणको मिस वर्ल्डमा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छन्।

मल्टिमिडिया अवार्ड जित्दै अनुष्काले मिस वर्ल्ड २०१९ मा उपाधिका लागि बलियो स्थान बनाएकी छन्। यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन्।

उक्त अवार्ड जितेर ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन्।  मल्टिमिडिया अवार्ड जितेसँगै उनी टप ३० मा प्रवेश गर्न सफल भएकी छन्।

नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सीधै टप २० मा प्रवेश गर्नेछ। त्यसको लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ।

१४ डिसेम्बरमा सम्पन्न हुने फाइनलमा उत्कृष्ट १० सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ। उनीहरूमध्ये टप ५ जनालाई मात्र मिस वल्र्डको उपाधिका लागि सहभागी गराइने मिस वर्ल्डको नियम छ।

मिस वर्ल्डमा एउटा इभेन्ट ‘ब्युटी विथ पर्पोज’ महत्त्वपूर्ण मानिन्छ। यसलाई मिस वर्ल्ड उपाधिपछिको महत्त्वपूर्ण इभेन्ट मानिन्छ। यसका लागि अनुष्काले तीन महिना अघिदेखि नै ब्युटी विथ पर्पोजको प्रोजेक्ट तयारी गरेको बताएकी थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्