फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण संकलन हुने भएको छ ।

महिनामा इलाममा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलनको काम पूरा हुने विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताए ।

राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम सुरू हुँदै
इलाम । फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण संकलन हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्यांकक संकलन गर्नेछन् ।

एउटा वडामा बढीमा चार वटासम्म एकाइ स्थापना गरेर तथ्यांक संकलन गर्ने विभागले जनाएको छ । स्थानीय तहको आवश्यकतानुसार एक पालिकामा ३८ देखि ४२ वटासम्म एकाइ राखिने छ ।

विभागले स्थानीय तहसँग समन्वय गरेर तथ्यांक संकलन गर्ने योजना बनाएको छ । एउटा वडामा बढीमा १५ दिन तथ्यांक संकलनको काम हुनेछ । इलाम नगरपालिकामा तथ्यांक संकलन सम्पन्न भएपछि पालैपालो अरु स्थानीय तहमा समेत तथ्यांक संकलनको काम हुनेछ ।

तीन महिनामा इलाममा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलनको काम पूरा हुने विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताए ।

“तीन महिनामा इलामका सबै पालिकामा गएर तथ्यांक संकलनको काम पूरा गर्ने योजनामा छाैं”, उनले भने, “यो अभियान हो, फेरि यस्तो अभियान सञ्चालन गर्न सम्भव हुँदैन, त्यसैले कोही पनि नछुटुन् भन्ने हाम्रो चाहना हो ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्