काठमाडौं। भक्तपुर प्रहरीले विभिन्न लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका-१ डा. इवामुरा अस्पताल अगाडिबाट ४७ वर्षीय आनन्दराम चमारलाई प्रहरीले पक्राउ गरेको हो।
शंकास्पद रूपमा हिँडिरहेका उनलाई प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ८ बजे पक्राउ गरेको जानकारी दिएको छ।
प्रहरीले उनको साथबाट डाइजेपाम, नोर्फिन र फेनेरागन समान तीन सय थान बरामद गरेको छ।
उनीविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्ने तयारी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए।