अबुजा। नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ। उक्त विमानमा सवार सबै यात्रु जीवित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचारहरूमा बताइएको छ।
उड्डयनमन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेका छन्। उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको छ।
“दुर्घटना भयानक बताइएको छ। हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनुपर्छ साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ,” सिरिकाले भने। रासस/सिन्ह्वा
" /> अबुजा। नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ। उक्त विमानमा सवार सबै यात्रु जीवित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचारहरूमा बताइएको छ।उड्डयनमन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेका छन्। उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको छ।
“दुर्घटना भयानक बताइएको छ। हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनुपर्छ साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ,” सिरिकाले भने। रासस/सिन्ह्वा
">