वामदेव गौतमलाई तीन अधिकार प्रस्ताव
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई मुख्य तीन अधिकारको व्यवस्थासहित उपाध्यक्ष बनाउने गरी केन्द्रीय सचिवालयले स्थायी समितिमा विधान संशोधन प्रस्ताव लैजाने भएको छ।

एक वर्षपछि २९ मंसीरमा बोलाइएको स्थायी समिति बैठकमा केन्द्रीय सचिवालयले प्रस्तावित उपाध्यक्षका तीन अधिकार हुने गरी विधान संशोधनको प्रस्ताव लैजाने गरी प्रस्ताव तयार पारेको हो।

पार्टी कार्यालय धुम्बाराहीमा २३ मंसीरमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने र विधानको प्रस्तावनाको केही नीतिगत अस्पष्टता सच्याउन विधान संशोधन गर्ने निर्णय गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

स्थायी समितिको तयारीको लागि आज अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक बोलाएका छन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्ष, दुई वरिष्ठ नेतापछिको मर्यादाक्रममा एक उपाध्यक्ष हुने र उसलाई मुख्य तीन अधिकार रहने गरी विधान संशोधनको प्रस्ताव गरिएको जानकारी दिए।

“उपाध्यक्षका मुख्य तीन अधिकार रहने गरी विधानमा व्यवस्था गरिँदै छ”, श्रेष्ठले भने, “मुख्यतः अध्यक्षको काममा सहयोग गर्ने, अध्यक्ष नभएको अवस्थामा बैठकको अध्यक्षता गर्ने र पार्टीले दिएका जिम्मेवारीहरू पुरा गर्ने तीन अधिकारको व्यवस्था प्रस्ताव गरिएको छ।

यसअनुसार दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालपछि गौतम पाँचौ वरीयतामा रहनेछन्।

३१ साउनको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय गरे पनि बैठक बसेको छैन।

विधानमा उपाध्यक्षको व्यवस्था नभएकाले उनको प्रस्ताव अलपत्र थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्