सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन आजदेखि
काठमाडौं। आजदेखि काठमाडौंमा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन हुँदैछ।

नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा हुने सम्मेलन तीन दिन सञ्चालन हुनेछ।

सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, जापान, अमेरिका, बेलायत, स्पेन  र  रुसका ९६ विज्ञले विभिन्न मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदिसम्बन्धी ८६ कार्यपत्र प्रस्तुत गर्दैछन्।

नेपाल लोकवार्ता संस्कृति समाजका अध्यक्ष तुलसी दिवसका अनुसार यस पटकको सम्मेलनमा लोकगीत र लोकनृत्यको एक विशेषसत्र रहेको छ।

काठमाडौँ महानगरपालिका, नेपाल प्रज्ञा–प्रतिष्ठान र लोयल्टी एकेडेमीको सहकार्यमा हुने सो सम्मेलनमा लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा मुख्य विषय रहेको छ।

लोकवार्ता तथा विकास, लैङ्गिकता, शक्ति, सिर्जनात्मक लेखन काव्य, सांस्कृतिक सम्पदाको अध्ययन, कला, लोकभाषा, अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत ज्ञानलगायतका १८ उपविषय पनि रहने समाजका महासचिव चूडामणि बन्धुले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्