काठमाडौं। महोत्तरीमा एक जना दम्पती सुतेको ठाउँबाटै बेपत्ता भएका छन्। पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन्।
उनीहरू सुतेको ठाउँमा रगत देखिएको छ। दम्पती बेपत्ता हुनु र सुतेको ठाउँमा रगत हुनुलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।
उनीहरू मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।
“म पनि भर्खरै घटनास्थलबाट फर्केर आएँ, त्यहाँ हाम्रो जिल्ला प्रहरी कार्यालय महोत्तरीको अपराध अनुसन्धान अधिकृतको टोली खटिएको छ”, एसपी केसीले देखापढीसँग भने, “टोलीले अनुसन्धान गरिरहेको छ, केही खुल्ला अनुसन्धानपछि।”
दम्पती घरमै सुतेका थिए। घरमा बुहारीहरू पनि सुतेको पाइएको एसपी केसीको भनाइ छ। उनका अनुसार अहिले जनकपुरबाट तालिमप्राप्त कुकुरलाई झिकाइएको छ।
“घटना निक्कै शंकास्पद छ र घटना राति भएको देखिन्छ”, एसपी केसीले भने। बिहान अबेरसम्म पनि झा दम्पती नदेखिएपछि घरमा गएको छिमेकीले सुतेको ठाउँमा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
" /> काठमाडौं। महोत्तरीमा एक जना दम्पती सुतेको ठाउँबाटै बेपत्ता भएका छन्। पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन्।उनीहरू सुतेको ठाउँमा रगत देखिएको छ। दम्पती बेपत्ता हुनु र सुतेको ठाउँमा रगत हुनुलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।

">