भन्सार छलीको ६ लाखभन्दा बढीको कपडासहित भारतीय नागरिक पक्राउ
<p>कैलाली । भन्सार छली गरेर नेपाल भित्र्याइएको छ लाखभन्दा बढी मुल्यको अवैध कपडा र गाडीसहित भारतीय नागरिक पक्राउ परेका छन्। </p>
<p>लम्किचुहा नगरपालिका–१ सडक खण्डमा २६ मंसीर साँझ पाँच लाख बराबरको बोलेरो जिप र छ लाख ११ हजार रूपैयाँ बराबरको कपडासहित भारत खिरीका ३५ वर्षीय जाबेर खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। </p>
<p>अवैध रुपमा ल्याइएको कपडा कसको हो भन्ने खुल्न बाँकी रहेकोले अनुसन्धान भइरहेको डीएसपी बस्‍नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्