काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिका-५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएको घटनामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।
शंकास्पद उनीहरूले घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएकाहरूको नाम प्रहरीले गोप्य राखेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले शंकास्पद उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए।
“शंका लागेपछि प्रहरी टोलीले दुईजनालाई नियन्त्रणमा लिएको छ र सोधपुछ गर्ने काम भइरहेको छ”, महोत्तरी प्रहरी प्रवक्ता विष्टले देखापढीसँग भने, “उनीहरू बेपत्ता भएका दम्पतीको परिवारका सदस्य होइनन्, बाहिरका हुन्।”
झा दम्पती सुतेको ठाउँमा रगत पनि देखिएको छ। घटनालाई विस्तृत अनुसन्धान गर्न प्रहरीले जनकपुरबाट अपराध अनुसन्धानमा तालिमप्राप्त कुकुरलाई पनि झिकाएर अनुसन्धानमा संलग्न गराएको छ।
सोही ठाउँमा मोही जग्गासम्बन्धी मुद्दामा अदालतसमक्ष ती दम्पती साक्षी बसेको विषयलाई लिएर मुद्दाको पक्ष असन्तुष्ट गरेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ।
तर गए राति झा दम्पती बेपत्ता भए। प्रहरीले बेपत्ता दम्पतीको खोजी कार्य तीव्र बनाएको छ।
“प्रहरीको अनुसन्धान टोली बेपत्ता दम्पतीको खोजीमा छ र घटनाको अनुसन्धानमा पनि छ,” डीएसपी विष्टले बताए।
झा दम्पती बेपत्ता भएको घरमा बुहारीहरू पनि सुतेका थिए।
बिहान अबेरसम्म पनि झा दम्पती नदेखिएपछि बुहारीहरूले प्रहरीलाई खबर गरेका थिए।
" /> काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिका-५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएको घटनामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।शंकास्पद उनीहरूले घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

">