सिड्नी। प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरूसँग जारी विवाद समाधान भएको जनाएको छ।

अस्ट्रेलियाली सञ्चार माध्यमको दबाबमा सरकारले फेसबुक र गुगलमा अस्ट्रेलियाली सञ्चार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत् भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो।

फेसबुकले सञ्चार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु सञ्चार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो।

अस्ट्रेलिया सरकारले सञ्चार माध्यम र फेसबुक दुवैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो।

अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्त्वपूर्ण विषयमा सहमति भएको बताइएको छ। फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए।

फेसबुकले अस्ट्रेलियाली सञ्चार माध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए। अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय सञ्चार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ।

साथै गुगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ। दुवै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए।

एक अध्ययनअनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरूले विज्ञापनबापत १०० डलर खर्च गरे गुगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन्।

रासस–एएफपी

" /> सिड्नी। प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरूसँग जारी विवाद समाधान भएको जनाएको छ।

"> फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान: Dekhapadhi
फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्