चिसोले देशभरको जनजीवन प्रभावित, भोलिदेखि मौसममा सुधार हुने

काठमाडौं। पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।

देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू-भागमा हिमपात भएको छ।

जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ।

२५ मंसीरमा नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ।

पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम २८ मंसीरबाट क्रमश सुधार हुँदै जाने बताइएको छ।

आज राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा भारी हिमपातको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

यसका साथै आज काठमाडौं उपत्यकासहित देशको पश्चिमी पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको।

प्रतिक्रिया दिनुहोस्