काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ७० औं जन्मदिन मनाइरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने उनको निर्णय बदर गरेको छ।
बालुवाटारमा प्रधानमन्त्री जन्मदिन मनाइरहँदा प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै थिए।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरुसँग छलफल गरिसकेपछि बहुप्रतिक्षित मुद्दामा आफ्नो निर्णय बदर गर्दै फैसला सुनाए पनि प्रधानमन्त्री ओलीले भने पूर्व निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिए। अदालतको फैसलापछि पहिलो कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले बालुवाटारमा पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’को विमोचन गरे।
पुस्तक विमोचन तथा प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना आदान-प्रदान गर्ने कार्यक्रम पहिल्यै तय भएको र अदालतको निर्णयका बाबजुद त्यसमा कुनै परिवर्तन नगरिएको बालुवाटार स्रोतले जानकारी गराएको छ।
मुद्दाको पक्ष, विपक्ष र अदालतको सहयोगी ‘एमिकस क्युरी’को बहस सकिएपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए। मंगलबार बहस नोटको अध्ययन गरिसकेपछि अदालतले निर्णय गरेको थियो।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए।
मुद्दा पक्षबाट बहस गरेका वकिलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरूले संवैधानिक भएको जिकिर गरेका थिए।
एमिकस क्युरीको बहसमा पाँचजनामध्ये चारजनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ७० औं जन्मदिन मनाइरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने उनको निर्णय बदर गरेको छ।बालुवाटारमा प्रधानमन्त्री जन्मदिन मनाइरहँदा प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै थिए।

">