मछिन्द्र क्लबलाई सानमिगल बियरले प्रायोजन गर्ने

काठमाडौं।शहीद स्मारक 'ए' डिभिजन लिगमा मछिन्द्र क्लबलाई सानमिगल बियरले मुख्य प्रायोजन गर्ने भएको छ।

सानमिगलले मछिन्द्रलाई एक वर्षका लागि मुख्य प्रायोजन गरेको हो।

क्लबले प्रायोजन रकम भने खुलाएको छैन। क्लबका अध्यक्ष प्रबोध बीरसिंह कंसाकारले क्लब संचालन गर्न पुग्ने रकम भएको बताएका छन्।

यससँगै मछिन्द्रले अब २०७६ को लिग सानमिगेल मछिन्द्र क्लबको नामबाट खेल्नेछ।

सानमिगलसँगै मछिन्द्रलाई पेपे पिज्जा, नेपा टप, ३६०°, भिजन सफारिले पनि प्रायोजन गर्ने छ।

'नेपाली फुटबललाई ब्यवसायिकता प्रदान गर्न सहयोग गर्नुभएकोमा सानमिगललाई धन्यवाद,' अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, 'यो नेपालकै पुरानो क्लब मध्येको एक हो। लामो समय बी डिभिजन लिग खेलेर ए डिभिजनमा उक्लिएको हो। ए डिभिजन लिगमा पनि यस क्लबले निरन्तर आफ्नो प्रभाव छाड्न सफल भएको छ। यससिजन पनि राम्रो गर्नका लागि शुभकामना।'

नेपाली फुटबलमा अझै ब्यवसायिकता नआएको भन्दै एन्फा अध्यक्ष शेर्पाले थपे, 'क्लबहरू अझै व्यावसायिक भएका छैनन। व्यावसायिक बनाउन धेरै काम गर्न बाँकी छ। फुटबल बिकासका लागि क्लबहरू सस्टेनेबल हुनु जरूरी छ। अनि मात्र दिगोरूपमा फुटबल बिकासमा सहयोग पुग्छ।'

गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको मछिन्द्रले यसपटक उपाधी जित्ने लक्ष्यका साथ पुर्व कप्तान बिराज महर्जनसहित ९ राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ।

कप्तान महर्जनले क्लबले खेलाडीलाई राम्रो अवसर दिएको भन्दै उपाधि जित्नका लागि आफूले सक्दो प्रयास गर्ने बताए।

मछिन्द्रले यस सिजन प्रवेश कटुवालको प्रशिक्षणमा खेल्नेछ। प्रशिक्षक कटुवालले जिग जित्ने लक्ष्यमा रहेको क्लबले आफुमाथि बिश्वास देखाएको क्लबप्रति आभार देखाए।

उनले उपाधि जिताउन आफूले कुनै कसर बाँकी नराख्ने बताए।

मछिन्द्रमा बिराजसंगै अभिषेक रिजाल, बिजय धिमाल, विशाल राई,विशाल श्रेष्ठ, बुद्द चेमजोङ, देबेन्द्र तामाङ, दिपक राई, हेमन गुरुङ, रेजिन धिमाल, सुजल श्रेष्ठ, सुर्य अधिकारी, योगेश गुरुङ, पिटर सेगुन, एड्लेजा सोमिडे,"आन्द्रेस नियाको नाम क्लबले सार्वजनिक गरेको छ।

अन्य खेलाडीको नाम भने क्लबले खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्