काठमाडौं। खाडी राष्ट्र कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी पाएपछि त्यहाँ ६ हजार सात सय ५१ जना दक्षिण एसियाली राष्ट्रका कामदारको मृत्यु भएको छ।
बेलायती दैनिक द गार्जियनका अनुसार बितेका १० वर्षमा उनीहरुको मृत्यु कतारमा भएको हो।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१० मा ‘विश्वकप फुटबल २०२२’ को आयोजना गर्ने जिम्मेवारी कतारलाई दिएको थियो। त्यसयता हालसम्म दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँच देशका ६ हजार सात सय ५१ जनाको मृत्यु भएको हो।
गार्जियनको समाचार अनुसार सन् २०१० यता कतारमा मृत्यु हुने कामदारमा सबैभन्दा बढी भारतीय रहेका छन्। मृत्यु हुने कामदारमा दोस्रो ठूलो संख्या नेपालीको रहेको छ।
सन् २०१० देखि हालसम्म कतारमा २ हजार सात सय ११ भारतीय, एक हजार छ सय ४१ नेपाली, एक हजार १८ जना बंगलादेशी, आठ सय २४ जना पाकिस्तानी र पाँच सय ५७ जना श्रीलंकाली कामदारको मृत्यु भएको गार्जियनको समाचारमा उल्लेख छ।
कतारमा मृत्यु हुने नेपाली कामदारमध्ये ४८ प्रतिशतको प्राकृतिक मृत्यु, ९ प्रतिशतको मृर्गौलामा खराबी, १० प्रतिशतको कार्यस्थलमा दुर्घटना, १६ प्रतिशतको सडक दुर्घटना, १० प्रतिशतको आत्महत्या र ७ प्रतिशतको अन्य कारण मृत्यु भएको जनाइएको छ।
सन् २०१० यता कतारले २०२२ मा हुने विश्वकप फुटबलका लागि आवश्यक पर्ने आधा दर्जनभन्दा बढी ठूला स्टेडियम, ठूला भवनहरु, दर्जनौं निर्माण परियोजनाहरुमा काम गर्दै आएको छ।