काठमाडौं। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा अमेरिका र चीनबीचको सम्बन्ध निकै चिसो रह्यो। नवनिर्वाचित राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि यी दुई देशबीच कस्तो सम्बन्ध बन्ला भन्ने विषयमो सर्वत्र चासो छ। यही चासोलाई सम्बोधन गर्दै सोमबार ह्वाइट हाउसले दुई देशबीचको सम्बन्ध ‘कडा प्रतिस्पर्धी’को जस्तो रहेको बताएको हो।
के हो कडा प्रतिस्पर्धा भनेको? व्यापार-व्यवसायमा हो कि वा अन्य कुनै सन्दर्भमा? अथवा विश्व शक्तिको स्थान ओगटिरहेको अमेरिकालाई तल खसालेर उक्त तहमा आफू पुग्ने ध्याउन्नमा चीन छ? चीनको ध्याउन्नलाई सफल हुन नदिने अमेरिकाको दाउका कारण नै उसले दुई देशबीचको सम्बन्धलाई ‘कडा प्रतिस्पर्धी’ भनेको त होइन?
विगतका दशकदेखि चीनले गरेको प्रगतिले जोकोहीलाई आश्चर्यचकित तुल्याउँछ। सारा संसार कोरोना महामारीबाट थलिँदै गर्दा चीनले आफ्नो अर्थतन्त्र ठूलो मात्र पारेन जीडीपीमासमेत वृद्धि गर्न सक्यो।
पछिल्ला दशकमा चीन एउटा औद्योगिक मुलुकमा रूपमा देखा पर्दै आएको छ। उसको औद्योगिक उत्पादनका उपभोक्ता संसारभरि छन्। भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्सलगायत धनी र ठूला मुलुक चिनियाँ उत्पादनमा भर पर्न थालेका छन्।

यसरी चीनको उदाउँदो र बलशाली दौडबाट अमेरिका र भारत मात्र होइन, अन्य विकसित मुलुक पनि चिन्तित बन्न पुगेका छन्। अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले त चीनसँग ‘व्यापार युद्ध’ नै गरिदिए। कयौं चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाए भने चिनियाँ वस्तुमा लगाउने कर ह्वात्तै बढाइदिए।
ट्रम्पको कदमले चीनलाई अप्ठेरो नपरेको पक्कै होइन। तर, उसले आफूलाई अन्य क्षेत्रबाट मजबुत पारिरह्यो र प्रतिस्पर्धामा खरो उत्रिरह्यो।
अमेरिकाको बाइडेन प्रशासन आफ्ना साझेदार र सहयोगीसँग निकटको सम्बन्ध बनाउन चाहेको बताउँछ। चीनसँग पनि सोही सम्बन्ध नयाँ प्रशासनले चाहेको देखिन्छ, तर आफ्नो स्थिति मजबुत बनाएर मात्रै।
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन-अमेरिका सम्बन्धबारे टिप्पणी गरेपछि ह्वाइट हाउसका प्रवक्ता जेन साकीले सोमबार प्रतिक्रिया दिएका हुन्। उनले ‘अमेरिकाले समन्वयात्मक भूमिका निर्वाह गर्न चाहेको, तर आफ्नो अवस्था मजबुत पार्दै’ भन्ने आशयको टिप्पणी गरेका छन्।
बेइजिङले अमेरिकालाई आन्तरिक मामिलामा दखल नदिन र व्यापार प्रतिबन्ध हटाउन आग्रह गरेको छ। अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीको एकदलीय राजनीतिक प्रणालीको छवि खराब देखाउन र ताइवान, तिब्बत, हङकङ र सिनजियाङमा विखण्डनवादीलाई समर्थन गर्न छाड्नुपर्ने वाङको भनाइ थियो।
चीन र अमेरिकाबीचको सम्बन्ध अहिलेको जस्तो चिसो यसअघि कहिल्यै थिएन। दुवै देश व्यापार, कोरोना भाइरसको उत्पत्ति, दक्षिण चीन सागरमा चीनको आक्रामक रवैया तथा मानवअधिकारका सन्दर्भलाई लिएर एकअर्काप्रति तिखो टिप्पणी गर्दै आएका छन्।
पछिल्लो समय विश्वमा चीनको प्रभाव बढ्दो छ। अमेरिकाको चिन्ता यसमै अधिक छ। तर, अमेरिकाले चीनको बढ्दो प्रभावलाई निस्तेज पार्ने उद्देश्यले चालेका कतिपय कदम परिवर्तन गर्नु आवश्यक रहेको विश्लेषकहरू बताउँछन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ वस्तुमा लगाइएको नयाँ करबारे साकीले भने, ‘‘निश्चित रूपमा हामीले करबारे समीक्षा गर्नुपर्छ।’’
पुरानो सरकारले कर तथा व्यापारबारे लिएको नीतिका सन्दर्भमा अध्ययन भइरहेको पनि उनले बताए। तर, दुई देशबीचको सम्बन्ध ‘एक कडा प्रतिस्पर्धी’को जस्तो रहेको भने उनले दोहोर्याए।

चीन देखिने गरी अर्को मुलुकको आन्तरिक मामिलामा दखल दिँदैन। तर पनि उसको छिमेकी मुलुकसँग उतिविधि कुशल सम्बन्ध देखिँदैन। उदियमान अर्थतन्त्र र विश्व शक्ति बन्ने दौडमा लम्किरहेको चीनका निम्ति आगामी समय सहज भने पक्कै छैन। उसले छिमेकीसँगको सम्बन्ध सुधार गर्नु जति आवश्यक छ, उति नै देशभित्र मानवअधिकार वाक्स्वतन्त्रताजस्ता आधारभूत लोकतान्त्रिक अवस्था मजबुत पार्नुपर्छ। धनी र सफल बन्ने दौडमा उसले लिएको नीति भनेको उसको आफ्नै दक्षता तथा क्षमताका उपज हुन्।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा अमेरिका र चीनबीचको सम्बन्ध निकै चिसो रह्यो। नवनिर्वाचित राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि यी दुई देशबीच कस्तो सम्बन्ध बन्ला भन्ने विषयमो सर्वत्र चासो छ। यही चासोलाई सम्बोधन गर्दै सोमबार ह्वाइट हाउसले दुई देशबीचको सम्बन्ध ‘कडा प्रतिस्पर्धी’को जस्तो रहेको बताएको हो।के हो कडा प्रतिस्पर्धा भनेको? व्यापार-व्यवसायमा हो कि वा अन्य कुनै सन्दर्भमा? अथवा विश्व शक्तिको स्थान ओगटिरहेको अमेरिकालाई तल खसालेर उक्त तहमा आफू पुग्ने ध्याउन्नमा चीन छ? चीनको ध्याउन्नलाई सफल हुन नदिने अमेरिकाको दाउका कारण नै उसले दुई देशबीचको सम्बन्धलाई ‘कडा प्रतिस्पर्धी’ भनेको त होइन?

">