बेलायतमा कन्जरभेटिभ पार्टीलाई बहुमत
काठमाडौं। बेलायतको आम निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले बहुमत ल्याएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको पार्टीले विपक्षी लेबर पार्टीलाई हराउँदै स्पष्ट बहुमत ल्याएको हो।

सन् २०१७ को निर्वाचनमा ३१७ सिट जितेको कन्जरभेटिभ पार्टी अहिले ३५५ सिटमा विजयी भएको छ।

लेबरले २०३, एसएनपीले ४८ र लिबरल डेमोक्रेट्सले १२ सिट जितेका छन्।

हालसम्म ६३७ स्थानको मत परिणाम घोषणा भइसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री जोनसनलाई बधाइ दिँदै ब्रेक्जिटपछि ‘विशाल’ व्यापारिक सम्झौता गर्न दुवै देश स्वतन्त्र भएको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्