"माथिल्लो डोल्पामा बाक्लो हिउँ परेको छ। विद्यालयमै बाक्लो हिउँ परेको र विद्यार्थी जानसक्ने अवस्था नभएपछि वार्षिक परीक्षा स्थगनको निर्णय गरिएको हो", केशरीले भने।
आज बिहानैदेखिको हावाहुरी र पानीका कारण २२ मंसीरदेखि कैलालीमा जारी सुदूरपश्चिम महोत्सव आज एक दिनका लागि स्थगित गरिएको छ।
ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेश अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले हिमपातका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको बताए।
बैतडी, डडेल्धुरा लगायतका जिल्लाबाट छुट्ने र भित्रिने सवारी साधन बिच बाटोमै अलपत्र परेको बताउँदै यसबाट सयौं यात्रुहरुको चिसोका कारण बिचल्ली भएको बताए।
कैलाली र कञ्चनपुरमा गएरातिदेखि परिरहेको पानीका कारण जनजीवन प्रभावित भएको छ।
वर्षात् र चिसोले कमैयाबस्ती, केटाकेटी र बृद्धबृद्धाहरू चिसोका कारण समस्यामा परेका छन्।
आज बिहानैदेखि परेको पानीका कारण सुदूरपश्चिम प्रदेशमा ७० ईटा उद्योगहरूमा क्षति भएको छ।
सुदूरपश्चिम ईटा व्यवसायी संघका अध्यक्ष विनोद शाहले करीब १२ करोड रूपैयाँ बराबरको तयारी अवस्थाको काँचो ईटा पानीका कारण कामै नलाग्ने भएको बताए।
सुदूरपश्चिममा रहेका ७० ईटा उद्योगहरूमा क्षति पुगेको हो। अध्यक्ष शाहले अब नयाँ ईटा उत्पादन हुन करीब दुई महीना समय लाग्ने बताउँदै ईटाको भाउ समेत बढ्न सक्ने बताए।
काँचो ईटा उत्पादन गरेर पकाउने तयारीमा रहेको बेला परेको पानीले धेरै नोक्सान भएको ईटा व्यवसायीहरूले बताएका छन्।
२५ मंसीरमा नेपाल प्रवेश गरेको पश्चिमी वायुका कारण गएरातिदेखि नै देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ।
काठमाडौंसहित, नेपालगञ्ज, धनगढी, वीरेन्द्रनगर, दीपायलमा वर्षा भएको छ।
२४ घण्टामा धनगढीमा सबैभन्दा बढी ४५ मिलिमिटर वर्षा भएको छ। त्यस्तै नेपालगञ्जमा १४, डडेल्धुरामा सात, दीपायलमा ६ र वीरेन्द्रनगरमा चार मिलिमिटर वर्षा मापन गरिएको छ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ।
एक्कासी बिग्रिएको मौसम २८ मंसीरबाट क्रमश सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा भारी हिमपातको सम्भावना छ।
पश्चिमी उच्च पहाडी र हिमाली भू-भागका वासिन्दाले भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।