काठमाडौं। काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने भएको छ।
महानगर स्थापनाको २५ वर्ष पुगेको अवसरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो। मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियानको घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए।
एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरूलाई उद्धार गरी सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उनले बताए।
त्यसैगरी, महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन समेत गरिने उनले बताए। महानगरको वडा नम्बर ६ बौद्ध रामाहिटीमा निर्माण भएको भवनको २८ मंसीरमा उद्घाटन गर्ने कार्यक्रम छ।
तीन वटासम्म दमकल राख्ने मिल्ने भवनसँगै तालिम केन्द्रको पनि व्यवस्था रहेको मेयर शाक्यले जानकारी दिए।
रामाहिटीमा दमकल भवन भएपछि पूर्वक्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि कम समयमै जनशक्ति त्यहाँ पुग्ने उनले बताए। २९ मंसीर २०५२मा तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवसरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने भएको छ।महानगर स्थापनाको २५ वर्ष पुगेको अवसरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो। मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियानको घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए।

">