काठमाडौं। सबै धर्मावलम्बीहरूका छुट्टाछुट्टै धार्मिकस्थल छन्। हिन्दूधर्मावलम्बीहरूले मन्दिरमा पुजाअर्चना गर्छन्। बाैद्ध धर्मावलम्बीहरूले गुम्बा तथा क्रिश्चियन धर्मावलम्बीहरूले चर्चमा गएर पूजाअर्चना गर्छन्।
तर, नेपालकै एउटा यस्तो धार्मिकस्थल छ, जहाँ विविध धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ। पूर्व पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवलाई हिन्दू, बौद्ध तथा किराँत धर्मावलम्बीहरूले आ–आफ्नो धार्मिक आस्थाको केन्द्र मानेर पूजाअर्चना गर्छन्।
खोटाङ सदरमुकाम दिक्तेलबाट ३६.८ किलोमिटर पश्चिममा रहेको हलेसी महादेवलाई पूर्वको पशुपति पनि भनिन्छ। धार्मिक आस्थाको केन्द्र मानिएको हलेसी पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ। समुन्द्री सतहदेखि चार हजार ७३६ फिटको उचाइमा रहेको हलेसी धाममा रहेको गुफाले यसको सुन्दरता बढाएको छ।
हिन्दू धर्मावलम्बीहरूले पूर्वको पशुपति मान्ने हलेसीलाई बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी, मरातिक गुफा र किराँत धर्मावलम्बीहरूले आदिम भूमि मान्दछन्। हलेसीलाई पर्यटकीय दृष्टिकोणले गुराँसे, तुवाचुङ, जायजुम, मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाले थप सुन्दर बनाएको छ।
आकर्षक आकृतिका प्राकृतिक शिला अर्थात् चट्टानले हलेसी धाममा विशेषतः महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन्। हलेसी महादेवको दर्शन गरेमा सन्तान लाभ हुने, निरोगी हुने, शान्ति पमल्ने, दुःखबाट मुक्ति पाउने जस्ता जनविश्वास छ।
शास्त्रीय मान्यता अनुसार महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएका थिए।
यहाँ हिन्दू धर्मावलम्बीहरूले रामनवमी, बाला चतुर्दशी, शिवरात्री लगायतका पर्वहरूमा पूर्जाअर्चना गर्ने गर्छन् भने किराँत धर्मावलम्बीहरूले उभौली-उधौली पर्वमा आफ्ना पितृलाई सम्झदैं पुज्ने गर्छन्।
बौद्ध धर्मावलम्बीहरूले पनि आफ्ना धर्मगुरू पद्मसम्भवले तपस्या गरी बुद्धत्व प्राप्त गरेको आस्थाका आधारमा पूर्जा अर्चना गर्ने गरेका छन्।
" /> काठमाडौं। सबै धर्मावलम्बीहरूका छुट्टाछुट्टै धार्मिकस्थल छन्। हिन्दूधर्मावलम्बीहरूले मन्दिरमा पुजाअर्चना गर्छन्। बाैद्ध धर्मावलम्बीहरूले गुम्बा तथा क्रिश्चियन धर्मावलम्बीहरूले चर्चमा गएर पूजाअर्चना गर्छन्।

">