नाइजरमा भएको आतंककारी हमलामा ७१ सैनिकको मृत्यु
नाइजर। नाइजरको पश्चिम भागमा रहेको अर्थात् मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतंककारी हमलामा कम्तीमा ७१ सैनिक मारिएका छन्। अन्य १२ सैनिक घाइते भएकाे स्थानीय स्रोतले जानकारी दिएको छ ।

नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शिविरमा सो आक्रमण भएको हो। यसैबीच, इस्लामिक स्टेट्स (आईएस) लडाकू समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ।

इजिप्टको भ्रमणमा रहेका नाइजरका राष्ट्रपति मोहमद इसोफो यस घटनापछि स्वदेश फर्किएका छन्।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र पाँच पश्चिमी अफ्रिकी नेताहरूबीच उक्त क्षेत्रमा सुरक्षा अवस्थाको विषयमा हुन लागेको सम्मेलनको केही दिनअघि उक्त आक्रमण भएको बताइएको छ। रासस/एएनआई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्