बीबीसी। पछिल्ला वर्षहरूमा चीन र भारतबीच सीमा विवादलाई लिएर तनाव बढ्दो छ। दोक्लामदेखि गलवानसम्मका सीमा विवाद चर्किरहेका छन्। संवादमार्फत् ती विवादलाई तत्कालका लागि केही मत्थर पारिए पनि फेरि भविष्यमा विवाद नउठ्ने गरी समाधान गरिएको भने छैन।
चीन-भारत समबन्धमा आश्चर्य लाग्दो पक्ष के छ भने सीमा विवादका बाबजुद पनि यी दुई देशबीच व्यापार भने वर्षेनी बढ्दो छ। सन् २०२० मा चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्यो। त्यसभन्दा अघिल्लो वर्ष पनि चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो।
सन् २०२० मा चीनपछि क्रमशः अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) भारतको दोस्रो र तेस्रो ठूलो व्यापार साझेदार बने। उक्त वर्ष भारतले चीनबाट ५८.७ अर्ब अमेरिकी डलर (करिब ६८ खर्ब नेपाली रूपैयाँ) को सामान आयात गरेको थियो। यो सामान भारतले अमेरिका र यूएईबाट जति आयात गरेको थियो त्यो दुवैभन्दा बढी हो।
गत वर्ष गलवानमा चीन र भारतका सेनाबीच झडप हुँदा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो। त्यसपछि त झन् दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको थियो। गलवान घटनाले चीन-भारत बीचको व्यापारमा केही असर त गर्यो, तर सोचेजस्तो गरेन। बरू कोरोना महामारीले केही प्रभावित गर्यो, धेरै भने गर्न सकेन।
भारतले सन् २०२० मा जति मूल्यको सामान चीनबाट आयात गर्यो उक्त मूल्य नेपालको वार्षिक बजेटभन्दा साढे चार गुणा बढी हो। भारतले भने सन् २०२० मा १९ अर्ब अमेरिकी डलर (करिब २२ खर्ब) को सामान चीनमा निर्यात गरेको थियो।

सीमा विवाद बढे पनि भारतले चीनको लगानीमाथि रोक लगाएको थियो। साथसाथै, दुई सयभन्दा बढी चिनियाँ एप्समाथि सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइयो। भारतमा प्रतिबन्ध लगाइएका चर्चित चिनियाँ एपमा टिकटक, वीच्याट, भिभोलगायत छन्।
गत वर्ष भारत सरकारले आत्मनिर्भरताको अभियान सुरुगर्यो, जसको उद्देश्य थियो- आयातलाई घटाउनु र निर्यात बढाउनु। देशभित्र उत्पादन बढाउन भारत प्रयासरत छ। यसको एउटै उद्देश्य भनेको चीनबाट हुने आयात कम गर्नु हो।
भारतको यी सबै प्रयासको बाबजुद पनि तथ्याङ्कले के देखाउँछ भने चीनसँगको व्यापार बढ्दो छ, चीनमाथिको निर्भरता घटाउन सकेको छैन। तथ्याङ्कअनुसार पछिल्लो वर्ष चीन-भारत बीचको द्विपक्षीय व्यापार ७७.७ अर्ब अमेरिकी डलर (करिब ९० खर्ब नेपाली रूपैयाँ) रहेको थियो। सन् २०१९ मा यो व्यापार ८५.५ अमेरिकी डलर (करिब ९९ खर्ब नेपाली रूपैयाँ) रहेको थियो। सन् २०१९ मा भन्दा २०२० मा दुई देशबीचको व्यापार थोरै खस्कनुमा कोरोना महामारी प्रमुख कारण हो। यदि कोरोना महामारी हुँदैनथ्यो भने यो व्यापार अझ माथि जाने थियो।
मिडियामा चीनको लगानीलाई पुनः खुला गरिएको भन्ने समाचार आउन थालेका छन्। तर, भारत सरकारले भने यसलाई गलत भनेको छ। लगानीका दृष्टिले चीन भारतमा ठूलो लगानी गर्ने राष्ट्रमा पर्दैन। चीनले सन् २०१३ देखि २०२० सम्म भारतमा मात्र २.१७४ अर्ब अमेरिकी डलर (करिब साढे दुई खर्ब नेपाली रूपैयाँ) लगानी गरेको छ। भारतमा भइरहेको विदेशी लगानीमा चीनको अंश निकै सानो मानिन्छ।
भारतको विदेश मन्त्रालयका अनुसार सन् २०२० को अप्रिलदेखि नोभेम्बरसम्मको आठ महिनाको अवधिमा ५८ अर्ब अमेरिकी डलर (करिब ६८ खर्ब नेपाली रूपैयाँ) बराबरको विदेशी लगानी भित्रिएको थियो।
“आत्मनिर्भरताको अर्थ यो होइन कि आयात बन्द होस् र विदेशी लगानी पनि देशमा नआओस्,” दिल्लीस्थित फोर स्कूल अफ म्यानेजमेन्टका चीन मामिलासम्बन्धी विशेषज्ञ डा. फैसल अहमद भन्छन्, “आउने दिनमा चीनमाथि भारतको आयात निर्भरता बढी नै हुने देखिन्छ। अन्तर्राष्ट्रिय व्यापारमा कसरी आफू अनुकूल बनाउने भन्ने सोच्न जरूरी छ।”
भारतले आत्मनिर्भर बन्नका लागि वैदेशिक लगानीमा ध्यान दिनुपर्ने फैसल बताउँछन्। चीनबाट आउने लगानीले पनि भारतलाई आत्मनिर्भरतर्फ अघि बढाउने विश्वास उनको छ।
पछिल्ला वर्षहरूमा भारत चीनमा बनेका ठूला मेसिन, दूरसञ्चार उपकरण, घरेलु उपकरणहरूमा बढी नै निर्भर छ। परिणामस्वरूप सन् २०२० मा चीनसँग द्विपक्षीय व्यापारको अन्तर ४० अर्ब अमेरिकी डलर (करिब ४६ खर्ब नेपाली रूपैयाँ) रहेको थियो। भारतको यति ठूलो व्यापारिक असन्तुलन अन्य कुनै देशसँग पनि छैन।
चीन विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको देश हो, जबकि भारत कोरोना महामारीभन्दा अघि छैठौं नम्बरमा रहेको थियो।