काठमाडौं। लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ५७ वर्षीय रिठ्ठे परियार रहेका छन्।
चितवन भरतपुर नगरपालिका–११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखत सम्वन्धी कसूर गरी सरकारी रकम अपचलन गरेका आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
तारकेश्वर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ५७ वर्षीय रिठ्ठे परियार रहेका छन्।

">