नेकपा सचिवालय बैठक भोलिलाई सर्यो

काठमाडौं। आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलिका लागि सरेको छ।

नेकपा महासचिव विष्णु पौडेलका अनुसार सचिवालय बैठक भोलि, २८ मंसीर दिउँसो ३ बजे बस्नेछ।

नेताहरूको कार्यव्यवस्ताका कारण बैठक सरेको हो।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त छन्। नेकपा महासचिव पौडेल बुटवल पुगेका छन्।

नेकपा स्थायी समिति बैठक २९ मंसीरदेखि बस्दैछ। दाहाल सोही बैठकमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त छन्।

२३ मंसीरमा बसेको नेकपा सचिवाय बैठकले २९ मंसिरमा स्थायी समितिको बैठक बोलाउने र त्यसअघि आज सचिवालय बैठक बस्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्