राजुकाजी शाक्य
प्रशिक्षक, न्यूरोड टीम (एनआरटी)
एनआरटी विगत एक महीनादेखि लिगको प्रशिक्षणमा रहेको छ। यु–२३ प्रतियोगिता र १३ औं दक्षिण एशियाली खेलकुद (साग) का कारण खेलाडीहरूले एकसाथ प्रशिक्षण गर्न भने पाएका छैनन्। त्यहीकारण पनि टिम राम्रोसँग सेट भइसकेको छैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा मैले राम्रो नजिता निकाल्न सके पनि लिगमा अहिलेसम्म राम्रो गर्न सकेको छैन। आशा गरौं, यसपटक त्यो अभागीको ट्याग हट्नेछ। यसपटक एनआरटी शीर्ष ६ भित्र पर्ने गरी खेल्छ।
नवीन न्यौपाने
प्रशिक्षक, त्रिभुवन आर्मी क्लब
लिगलाई लक्षित गरेर हामीले राम्रो तयारी गरेका छौं। हाम्रो मुख्य लक्ष्य उपाधि नै हो। साग र विश्वकपका कारण एक भएर प्रशिक्षण गर्न पाएका छैनौं। त्यसैले टीम सोचेजसरी राम्रोसँग सेट भइसकेको छैन। तथापि हामी उपाधि जित्नकै लागि खेल्नेछौं। गत सिजन धेरै बराबरी खेल्दा हामी उपाधि दौडबाट बाहिरिनु प¥यो। तर, यसपटक हाम्रो बेन्च पनि बलियो छ। त्यसैले हामी उपाधिकै लागि प्रतिस्पर्धा गर्ने हो।
भरत खवास
कप्तान, त्रिभुवन आर्मी क्लब
लिग शुरू भइसकेको छैन। अरू टीम कस्तो छ, के छ भनेर हेर्न बाँकी नै छ। सबै टोली राम्रो नै होला। तर, हाम्रो तयारीअनुसार हामी उपाधिकै लागि खेल्नेछौं। हाम्रो मुख्य लक्ष्य नै त्यही हो।
प्रवेश कटुवाल
प्रशिक्षक, मच्छिन्द्र क्लब
हामी २० दिनयता प्रशिक्षणमा छौं। झापा–११ बाट खेल्दाका खेलाडीहरू यो टीममा पनि छन्। त्यसैले उनीहरू मेरो रणनीतिमा अभ्यस्त छन्। हामीले यसपटक धेरै राम्रा खेलाडीहरू अनुबन्ध गरेका छौं। राष्ट्रिय टोलीकै ९ जना खेलाडी टिममा छन्। त्यसैले हामी उपाधि जित्नकै लागि खेल्नेछौं। राष्ट्रिय टोलीका धेरै खेलाडी भएकाले सेट भएर अभ्यास गर्न भने पाएका छैनौं।
विराज महर्जन
कप्तान, मच्छिन्द्र क्लब
हाम्रो क्लबमा राष्ट्रिय टोलीका धेरै खेलाडी छन्। त्यसैले केही दिनअघि मात्र उनीहरू क्लबको तालिममा सामेल भए। तयारी पुगेको छैन। तथापि यसपटक हामी उपाधिकै लागि खेल्ने छौं।
भरत शाह
व्यवस्थापक, नेपाल पुलिस क्लब
पुलिस क्लब सदैव तयारीमै बसिरहेको हुन्छ। हाम्रो क्लबमा विदेशी खेलाडी छैनन्। लिग जित्ने गरेर नै हामीले तयारी गरेका छौं। यद्यपि खेल हो, हार र जित हुन्छ। हामी पनि उपाधि जित्नकै लागि खेल्ने प्रयास गर्नेछौं। हाम्रो तर्फबाट गर्ने सबै खालका तयारी गरेका छौं।
भोला सिलवाल
कप्तान, नेपाल पुलिस क्लब
मोफसलको प्रतियोगितादेखि नै हामी तयारी गरिरहेका छौं। तेज तामाङबाहेक अरू खेलाडीहरु लामो समयदेखि सँगै प्रशिक्षण गरिरहेका छौं। मुख्य प्रशिक्षक (अनन्त थापा) २० दिनयता टोलीमा नभए (मुख्य प्रशिक्षक थापा ‘ए’ लाइसेन्स कोचिङ कोर्स गरिरहेका छन्)का कारण हामीलाई केही समस्या भएको छ। अरू कुरामा हाम्रो तयारी राम्रो छ। विगतमा जस्तो राम्रो प्रदर्शन हुन सकेको छैन। पछिल्लो समय विभागीय टोलीमा खेलाडी अनुबन्ध हुन गाह्रो मान्छन्। त्यसकारण पनि पछिल्लो समय विभागीय टोलीमा केही समस्या देखिएको छ। तर, यसपटक हामी पुलिसको पुरानो साख फर्काउनेमा विश्वस्त छौं।
बालगोपाल साउखल
प्रशिक्षक, च्यासल युथ क्लब
अरू क्लबजस्तै हाम्रो पनि समस्या फरक छैन। यु–२३ टीमका कारण हाम्रो टोलीले पनि सेट भएर प्रशिक्षण गर्न पाएको छैन । प्रशिक्षकका रूपमा ‘ए’ डिभिजन लिगमा मेरो डेब्यू पनि हो। त्यसैले राम्रो नतिजा निकाल्नेमा ठूलो आशा राखेको छु। प्राविधिक रूपमा हामी बलियो छौं। शारीरिक रूपमा भन्दा पनि हामीले प्राविधिक रूपमा राम्रो गर्ने प्रयास गरेका छौं। लक्ष्य उपाधि नै हो। हेर्दै जाउँ के हुन्छ। सन्तोष साउखल हाम्रो मुख्य खेलाडी हो। जापानबाट पनि खेलाडी अनुबन्ध गरेका छौं।
राजेन्द्र तामाङ
प्रशिक्षक, सशत्र प्रहरी बल (एपिएफ) क्लब
साउनको दोस्रो सातादेखि म यहाँ छु। लिग नै हुने÷नहुने दोधारमा थियो। अन्ततः हुने नै भयो। हामीले यसबीचमा तीनवटा मोफसलका नकआउट प्रतियोगिता खेल्यौं। चन्द्रागिरि गोल्डकपको उपाधि जित्यौं। हामीसँग राष्ट्रिय खेलाडी छैनन्। सबै मध्यमस्तरका खेलाडी छन्। त्यसका बाबजुद पनि हामी राम्रो नतिजा निकाल्ने आशामा छौं। हाम्रो खेलाडीहरूमा लिगको अनुभव भएका खेलाडी कम छन्। तर, हामी दबाबरहित भएर खेल्नेछौं। मोफसल र चन्द्रागिरी गोल्डकपमा पाएको सफलताले हामी उत्साहित छौं।
अशोक श्रेष्ठ
व्यवस्थापक, हिमालयन शेर्पा
काठमाडौंमा प्रशिक्षण गर्न मैदानको आभाव छ। सबै क्लब जस्तै हामी पनि त्यो समस्याबाट अलग छैनौं। हामीले पोखरामा गएर प्रशिक्षण गरायौं। अब धुलिखेलमा गएर प्रशिक्षण गराउनेछौं। गत वर्षको भन्दा राम्रो गर्ने लक्ष्य छ। एन्फा अध्यक्षको क्लब भएका कारण पनि हामीलाई राम्रो गर्नुपर्छ भन्ने छ। विश्वास श्रेष्ठ, मानबहादुर तामाङजस्ता खेलाडीहरू ल्याएका छौं। विदेशी खेलाडीहरूमा दुई नयाँ खेलाडी ल्याउने तयारी गरिरहेका छौं।
अरबिन गुरुङ
व्यवस्थापक, ब्रिगेड ब्वाइज क्लब
हाम्रो क्लबमा गत वर्षकै खेलाडी छन्। १८ वर्ष मुनिका खेलाडीहरू पनि छन्। अहिले हामीले अनुभवी अनिल गुरुङ, विजय गुरुङ, र उत्तम गुरुङलाई टोलीमा समावेश गरेका छौं। गत वर्ष टोलीमा अनुभवको कमी देखियो। त्यसलाई हटाउन हामीले अनुभवी खेलाडी थपेका हौं। हामी लिगको मध्यभागमा रहनका लागि खेल्नेछौं।
तोपे फुजा
प्रशिक्षक, मनाङ मर्स्याङ्दी
म यहाँ आएको दुई सातामात्र भयो। ठूला नाम भएका खेलाडी टीममा नहुनुले धेरै फरक पर्दैन। खेलाडीमा खेल्ने चाहना र प्रतिबद्धता चाहिन्छ। हामी उपाधि रक्षा गर्ने लक्ष्यसाथ लिग शुरू गर्नेछौं। ठूला नाम नभए पनि टीम राम्रो छ। अञ्जन विष्ट, रञ्जन विष्ट, विमल राना तथा नेपाली मेसी भनेर चिनिने जगदिश श्रेष्ठ टीममा छन्। आशा गरौं राम्रो गर्नेछौं।