ढाका। बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेका छन्।
कोरोनाभाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउँदै सबै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ।
कोरोनाभाइरसविरुद्धको खोप लगाए पनि स्वास्थ्य मापदण्ड पालना गर्न भने हेलचेक्र्याइँ गर्न नहुनेमा उनले सबैको ध्यानाकर्षण गराएका छन्।
राजधानी ढाकाबाट बिहीबार एउटा कार्यक्रमलाई भिडियोमार्फत् सम्बोधन गर्दै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न दोहोर्याएर आग्रह गरेका हुन्।
मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, हातमा सेनिटाइजर लगाउने, सामाजिक दूरी कायम गर्नेलगायतका आधारभूत मापदण्डको पालना गर्न उनले जोड दिएका थिए।
स्वास्थ्य मापदण्डहरूको पालना नै कारोनाभाइरसविरुद्धको लडाइँको मुख्य उपाय भएको प्रधानमन्त्री हसिनाको ठहर छ।
बङ्गलादेशमा बिहीबार एक दिनमा मात्रै १४० जना नयाँ सङ्क्रमित भेटिएका छन् भने कम्तीमा पाँचजनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूका अनुसार कोरोनाका कारण बङ्गलादेशमा अहिलेसम्म पाँच लाख ४४ हजार नौ सय ५४ जना सङ्क्रमित हुँदा आठ हजार तीन सय ८४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार पाँच सय ६० जनाको कोरोना परीक्षण गरिएको पनि अधिकारीहरूले जानकारी दिएका छन्। त्यसै गरी बङ्गलादेशमा अहिलेसम्म चार लाख ४९ हजार सात सय ५५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये नौ सय ५७ जना बिहीबार सङ्क्रमणमुक्त भएका हुन्।
रासस/सिन्ह्वा
" /> ढाका। बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेका छन्।कोरोनाभाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउँदै सबै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ।

">