वर्षाले एकदिन पछि सर्याे पीपीएल
<p>पाेखरा। पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करण वर्षाका कारण एक दिन ढिला गरी शुरू हुने भएको छ।</p>
<p>पोखरा रंगशालाको क्रिकेट मैदानमा २८ मंसीरमा उद्घाटन खेल हुने तय थियो। उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने खेल तालिका थियो। तर, आज भएको वर्षाका कारण प्रतियोगिता एक दिन ढिला गरी शुरू हुन लागेको हो।</p>
<p>"मैदानमा एकदम धेरै पानी देखिएको छ," आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्पी लामाले भने, "हामीले सबै टोलीसँगको सल्लाहमा एक दिनपछि गर्ने गरी मिति सारेका छौं।"</p>
<p>पिपिएल नेपालमा तेस्रो फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेट लिग प्रतियोगिता हो। गत वर्षबाट शुरू प्रतियोगिताको पहिलो संस्करण घरेलु टोली पोखरा पल्टनले जितेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्