काठमाडौं। ग्रीस र अस्ट्रियाले युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रलाई कोरोनाका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योगमा सुधार ल्याउन ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात् खोप राहदानी स्वीकार गर्न आग्रह गरेका छन् ।
उनीहरुले खोप लगाएको प्रमाणित कागजातका आधारमा युरोपमा यात्रा गर्न दिन आग्रह गरेका हुन् । ईयू नेताहरूबीचको एक भर्चुअल छलफलका क्रममा सो प्रस्ताव आएको हो ।
तर ‘भ्याक्सिन पासपोर्ट’ का विषयमा ईयूकै केही राष्ट्रले विरोध गरेका छन् । फ्रान्स र जर्मनीले खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा अरुलाई भाइरस सार्न सक्ने वा नसक्नेबारे कुनै विवरण नभएका कारण अहिले त्यस्तो प्रमाणपत्र अपरिपक्व हुने बताएका छन्।
केही सदस्यले भने यस्तो प्रमाणपत्रले सीमित मानिसले मात्रै यात्रा अनुमति पाउने भन्दै यसबाट विभेद हुने बताएका छन् । अहिले निश्चित उमेर समूहका व्यक्तिहरूले मात्र खोप लगाउन पाएका छन् र युवाहरू खोप लगाउन पाउने प्राथमिकतामा परेका छैनन्। जसले गर्दा यस्तो व्यवस्था भेदभावपूर्ण हुने उनीहरूको तर्क छ।
ग्रीस र इजरायलले अहिले नै डिजिटल खोप प्रमाणपत्र दिइरहेका छन् । डेनमार्क र स्वीडेनले पनि त्यसप्रकारको प्रमाणपत्र विकास गर्नेबारे छलफल चलाएका छन् ।
ग्रीसका उपप्रधानमन्त्री आकिस स्कर्टसोसले साधारण डिजिटल प्रमाणपत्र विभेदकारी नहुने बताए। उनले खोप नलगाएका पर्यटक पनि आगामी गृष्मकालमा ग्रीस आउनसक्ने दाबी गरे।
ग्रीस र साइप्रस कोभिड–नेगेटिभ इजरायली पर्यटकलाई आगामी गृष्मकालमा स्वागत गर्न सहमत भएका छन्। त्यसका लागि इजरायली पर्यटकले ‘ग्रीन डिजिटल सर्टिफिकेट’ पेस गर्नु पर्नेछ।
ग्रीसका पर्यटनमन्त्री ह्यारी थियोचारेसले बेलायतसँग पनि सहमति हुनसक्ने बताएका छन् । यद्यपि बेलायत सरकारले हालसम्म कुनै पनि खोप लगाइएको प्रमाणपत्रलाई स्वीकृत गरिसकेको छैन ।