काठमाडौं। अमेरिकी सेनाले बिहीबार सिरियामा रहेका इरान समर्थित सैनिक समूहमाथि आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।
खाडी क्षेत्रमा रहेका अमेरिकी सेना र नियोगलाई लक्षित गरी पछिल्लो दुई सातायता भएका आक्रमणको जवाफ स्वरुप सिरियामा रहेका इरान समर्थित सैनिक समूहमाथि आक्रमण गरिएको हो।
“राष्ट्रपति जो बाइडेनको निर्देशनमा अमेरिकी सेनाले बिहीबार पूर्वी सिरियामा रहेका इरानी सशस्त्र समूहको पूर्वाधारमा आक्रमण गरेको छ”, अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले भनेका छन्।
अमेरिकी सैनिक कारवाहीमा १७ जना इरान समर्थित लडाकुको मृत्यु भएको अमेरिकी मिडियाले उल्लेख गरेका छन्। इराकमा रहेको अमेरिकी सैनिकमाथि भएको रकेट आक्रमणको जवाफमा उक्त कारवाही गरिएको अमेरिकी रक्षा प्रवक्ताले जनाएका छन्।
“अमेरिकी र नेटो सेना रहेको स्थानमा हालै इराकमा भएको आक्रमणको जवाफमा यो कारबाही गरिएको हो”, उनले भने।
पेन्टागनका अनुसार अमेरिकी लडाकु विमान ‘ने ७’ ले इरान समर्थित सैनिक समूहमाथि ‘७ ५००–एलबी’ बम खसालेको थियो। बम खसालिएको एक स्थान इरान र सिरिया सीमा पनि रहेको जनाएएको छ। उक्त सीमा इरानी लडाकुहरुले सिरियामा आवतजावत गर्न प्रयोग गर्ने गरेको उल्लेख छ।
सिरियाको एक मानवअधिकार संगठनले अमेरिकी आक्रमणमा परी एक दर्जनभन्दा बढी इरान समर्थित सैनिकहरुको मृत्यु भएको जनाएको छ।
“अमेरिकी आक्रमणबाट तीन वटा ट्रक ध्वस्त भएका छन्, जसमा इरान समर्थित सैनिकहरुले हतियार राखेका थिए। प्रारम्भिक जानकारी अनुसार आक्रमणमा परी १७ जनाले ज्यान गुमाएका छन्”, सिरियन अब्जरबेट्री फर ह्युमन राइट्सका निर्देशक रामी अब्दुलाहले भने।