मदन भण्डारी कलेजको ‘पिकनिक बस’ दुर्घटना, २२ विद्यार्थी घाइते
भक्तपुर। काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी बोकेको बस भक्तपुरमा दुर्घटना भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा कलेजलका २२ विद्यार्थी घाइते भएका छन्।

कलेज विद्यार्थीले पिकनिकका लागि लिएको उक्त बस साँघुरो सडकबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

पिकनिकका लागि कलेजका विद्यार्थी र शिक्षक चढेको उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको छ।

दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढका लागि छुटेको बा३ख ८४९० नम्बरको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो।

बस सडकबाट तल खेतमा झरेको छ। बसमा २३ जना सवार थिए। अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।

उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका अस्पताल लगिएको छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्