काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत चारजना उपर आरोपपत्र दायर गरेको छ। बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६०९ रूपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।
बस्नेतले सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै बिगोसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।
२०४५ मा लेखापाल पदबाट सेवा प्रवेश गरेदेखि २०७६ असार मसान्तसम्मको समग्र आय र व्यय तथा लगानीको विश्लेषण गर्दा पारिश्रमिक बचत, घरजग्गा विक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन विक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बीमा समेतबाट एक करोड ७८ लाख २९ हजार ९७५ आय देखिन आएको छ।
सोही अवधिको व्यय हेर्दा जग्गा खरिद तथा घर निर्माण, सुनचाँदी खरिद, ऋणको सांवा ब्याज भुक्तानी, सवारी साधन खरिद, विदेश भ्रमण, शेयर खरिद, छोराछोरीको अध्ययन खर्च, विभिन्न कर भुक्तानी, घर बहाल, सापटी, विद्युतिय उपकरण खरिद, बिमा प्रिमियम भुक्तानी, बैंक तथा सहकारीमा रहेको नगद मौज्दातसमेत तीनकरोड १३ लाख ५९ हजार ७९३ खर्च तथा लगानी गरेको देखिएको छ।
उनको आय भन्दा व्यय बढी देखिन आएको अनुसन्धानबाट खुलेको सहायक प्रवक्ता अधिकारीले बताए। त्यस्तै बस्नेतले आफू प्रमुख भन्सार अधिकृतको रूपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानहरूको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ्ग व्यवसायी एवं भन्सार एजेन्टहरूसँग गैरकानूनी रूपमा घुस उठाएको अख्तियारले जनाएको छ।
गैरकानूनी रकमहरु विभिन्न व्यवसाय गर्ने व्यक्तिहरू, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरू, व्यापारी एवं भन्सार एजेन्टहरूमार्फत् संखुवासभा खाँदबारी १ निवासी आफ्ना जेठान नबिनकुमार गौलीले प्राप्त गर्ने गरी बस्नेत र गाैलीको परिवारका सदस्यहरू एवं खाँदबारीस्थित विभिन्न व्यापारीहरूको बैंक खाता समेतमा ९ करोड २१ लख ५२ हजार ७९२ रूपैयाँ जम्मा गरेकोसमेत भेटिएको छ।
जम्मा गरिएका कतिपय रकम बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने, सम्पत्ति शुद्धिकरण गर्ने र लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक एवं कम्पनीमा कार्यरत कर्मचारीमार्फत् समेत नबिनकुमार गौलीले प्राप्त गर्ने गरी चेक तथा नगद जम्मा गर्ने गरेको समेत फेला परेको छ। उनले जेठान नबिनकुमार गौलीको नाममा जग्गा जमीन खरिद गरी बकसको रूपमा फिर्ता लिने गरेको समेत देखिएको छ।
उनी विराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदाको अबधिमा खाँदबारी बजार र आसपास क्षेत्रमा करीब एकसय रोपनी जग्गा खरिद गरेको, खाँदबारीमा नै करिब १० करोडको लागतमा आरती होटल निर्माण गरेको, निजको नामबाट अर्बिट इनर्जी प्रा.लि. मा २ करोडभन्दा बढी लगानी गरेको देखिएको छ। उनीविरुद्ध अख्तियारले आजै विशेष अदालतमा १७ लाख मागदाबीको अर्को आरोपपत्र पनि दायर गरेको थियो।
अख्तियारले बस्नेतका जेठान नबिनकुमार गौलीविरुद्ध पनि नौं करोड २१ लाख ५२ हजार ७९२ रुपैयाँ बिगो दाबी गरेर प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। त्यस्तै बस्नेतकी श्रीमती सबिता गौली बस्नेत, नबिनकुमार गौलीकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौलीलाई पनि प्रतिवादी बनाएर आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत चारजना उपर आरोपपत्र दायर गरेको छ। बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६०९ रूपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।बस्नेतले सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।

">