काठमाडौं। श्रीलंका र पाकिस्तानबीचको पहिलो टेस्ट आज पनि वर्षाले प्रभावित बनेको छ। वर्षाले प्रभावित बनेपछि रावलपिन्डीमा आज ५.२ ओभर खेलमात्र सम्भव भयो।
आधा घण्टासम्म पनि खेल नभएको दिन पाहुना टोली श्रीलंकाले थप १९ रन जोड्यो। तेस्रो दिन शुरू गर्दा धनन्जय डी सिल्भा ७२ तथा दिलरुवान परेरा २ रनको स्थितिमा थिए। तेस्रो दिन सकिंदा डी सिल्भा ८७ तथा परेरा ६ रनको अवस्थामा छन्।
तेस्रो दिन सकिंदा श्रीलंका २८२–६ को स्थितिमा छ। यससँगै पाकिस्तान र श्रीलंकाबीचको खेल बराबरी हुने सम्भावना बढेको छ।
३ मार्च २००९ मा लाहोरमा श्रीलंकाकै टोलीमाथि सांघातिक आक्रमण भएपछि पाकिस्तानले घरेलु मैदानमा टेस्ट क्रिकेट खेल्न पाएको थिएन।
उक्त आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको थियो भने श्रीलंकाका खेलाडी र प्रशिक्षक घाइते भएका थिए। त्यसपछि सुरक्षाको कारण देखाएर कुनै पनि टोली पाकिस्तान खेल्न गएको थिएन।
" /> काठमाडौं। श्रीलंका र पाकिस्तानबीचको पहिलो टेस्ट आज पनि वर्षाले प्रभावित बनेको छ। वर्षाले प्रभावित बनेपछि रावलपिन्डीमा आज ५.२ ओभर खेलमात्र सम्भव भयो।आधा घण्टासम्म पनि खेल नभएको दिन पाहुना टोली श्रीलंकाले थप १९ रन जोड्यो। तेस्रो दिन शुरू गर्दा धनन्जय डी सिल्भा ७२ तथा दिलरुवान परेरा २ रनको स्थितिमा थिए। तेस्रो दिन सकिंदा डी सिल्भा ८७ तथा परेरा ६ रनको अवस्थामा छन्।

">