बीबीसी। नाइजेरियामा शनिबार बन्दुकधारीले ४२ जनालाई मुक्त गरेका छन्। उनीहरूले शुक्रबार अपहरण गरेकामध्ये ३१५ जना छात्राहरू अझै बेपत्ता रहेको जनाइएको छ।
स्थानीय प्रशासनका अनुसार बन्दुकधारीले आज केही छात्र, शिक्षक र अभिभावकहरूलाई मुक्त गरेका हुन्। बाँकी छात्राहरूलाई कहाँ राखिएको छ उनीहरूले खुलाएका छैनन्।
बन्दुकधारीहरूले शुक्रबार साढे तीन सयजनाभन्दा बढीलाई अपहरण गरेका थिए। अपहरणमा पर्नेमा धेरै विद्यालयमा अध्ययनरत छात्राहरू थिए।
नाइजेरियाका जंगेबेमा उक्त घटना भएको थियो। घटनापश्चात् उक्त क्षेत्रमा तनावको स्थिती भएको छ। स्थानीयहरूले त्यहाँको सडक हुँदै गुड्ने गाडीहरूमा आक्रमण गरेका छन्।
सन् २०१४ मा नाइजेरियाको उत्तरपूर्वी सहर चिबोकबाट २७६ जना विद्यालयमा अध्ययनरत छात्राहरूको अपहरण गरिएको थियो।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले सरकार अपहरणकर्तासामु नझुक्ने बताएका छन्। “सरकार उनीहरूको धम्कीसामु घुँडा टेक्दैन, जसले निर्दोष बालबालिकालाई निशाना बनाई फिरौती मागिरहेका छन्,” राष्ट्रपति बुहारीले भनेका छन्।
" /> बीबीसी। नाइजेरियामा शनिबार बन्दुकधारीले ४२ जनालाई मुक्त गरेका छन्। उनीहरूले शुक्रबार अपहरण गरेकामध्ये ३१५ जना छात्राहरू अझै बेपत्ता रहेको जनाइएको छ।स्थानीय प्रशासनका अनुसार बन्दुकधारीले आज केही छात्र, शिक्षक र अभिभावकहरूलाई मुक्त गरेका हुन्। बाँकी छात्राहरूलाई कहाँ राखिएको छ उनीहरूले खुलाएका छैनन्।

">