"> न्युजिल्यान्डविरुद्धको टेस्ट अस्ट्रेलियाको पकडमा: Dekhapadhi
न्युजिल्यान्डविरुद्धको टेस्ट अस्ट्रेलियाको पकडमा
काठमाडाैं। मिचेल स्टार्कले ४ विकेट लिएपछि न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टको दोस्रो दिन अस्ट्रेलियाले खेल आफ्नो नियन्त्रणमा राखेको छ।

घरेलु टोली अस्ट्रेलियाले पर्थमा २८४–४ को स्थितिबाट दोस्रो दिन शुरू गरेको थियो। ४१६ रन जोड्दा अस्ट्रेलियाले सबै विकेट गुमायो। नेल वाग्नरको बलमा बोल्ड हुनुअघि अस्ट्रेलियाका मार्नुस लाबुसेनले १४३ रन बनाए।

मध्यक्रमका ब्याट्सम्यान ट्रभिस हेडले ५६ रन बनाए। कप्तान  टिम पाइनले ३९ रन बनाउँदा मिचेल स्टार्कले ३० रन जोडे। पेट कुमिन्सले २० रन बनाए। अघिल्लो दिन ओपनर डेबिड वार्नर र स्टिभ स्मिथले समान ४३ रन बनाएका थिए।

पहिलो इनिङमा न्युजिल्यान्डका टिम साउथी र वाग्नरले समान ४ विकेट लिँदा कोलिन डी ग्रान्डहोमको नाममा १ विकेट रह्यो।

मिचेल स्टार्कले ३१ रन दिएर ४ विकेट लिएपछि पाहुना टोली न्युजिल्यान्डले दोस्रो दिन सकिँदा ५ विकेट गुमाएर १०९ रन बनाएको छ। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३४ तथा रोस टेलरले अविजित ६६ रन बनाएपछि न्युजिल्यान्ड १ सयको स्कोर कटाउन सफल भएको हो।

स्टार्कबाहेक अस्ट्रेलियाका लागि अर्को विकेट जोश हाज्लेउडले लिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्