म्याग्दी। बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।
मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे ।
मन्दिरको छाना हाल सिमेन्टको छ । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताए ।
शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा २० लाख रूपैयाँ खर्चेर मन्दिर निर्माण गरेका थिए । पित्तलको छाना राख्न २५ लाख रूपैयाँ लागत अनुमान गरिएको छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।
हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।
गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताए । सभामा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी दुई करोड ८६ लाख २० हजार सात सय २८ रूपैयाँ आम्दानी र १९ लाख ६७ हजार ८१४ रूपैयाँ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषको कूल बचत दुई करोड ६६ लाख ५२ हजार नाै सय १३ रूपैयाँ बचत रहेको उनले बताए ।
वनभोजस्थल निर्माण
वनको जैविक विविधतालाई पर्यटनसँग जोड्न बेनी नगरपालिका–१ सारेमारेमा वनभोजस्थल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयवासीको श्रमदानमा वनभोजस्थल निर्माण गरिएको हो ।
वन कार्यालयको तीन लाख ८४ हजार रूपैयाँ र समूहको एक लाख ५० हजार रूपैयाँ लगानीमा वनभोजस्थल बनाइएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एकेन्द्रबहादुर थापामगरले बताए ।
अध्यक्ष थापाका अनुसार वनभोजस्थल निर्माण गर्न सारेमारेका ३० जनाले एक हप्ताका दरले श्रमदान गरेका छन् । सामुदायिक वनमा पर्यापर्यटन विकास गर्ने उद्देश्यले वनभोजस्थल निर्माण गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताए ।
" /> म्याग्दी। बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।

">