काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार साउदी अरबका सम्बन्धमा नयाँ घोषणा गर्ने बताएका छन्।
अमेरिकी गुप्तचर संस्था सीआइएले प्रतिवेदन मार्फत पत्रकार जमाल खाशोज्जीको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमान संलग्न रहेको सार्वजनिक गरेपछि बाइडेनले साउदी सम्बन्धमा नयाँ घोषण गर्न लागेका हुन्।
घोषणामा के हुन्छ भन्ने अहिले केही खुलाइएको छैन। तर साउदी राजकुमारमाथि केही कडाई गर्ने अनुमान गरिएको छ।
सीआईएको प्रतिवेदनपछि सबैका आँखा राष्ट्रपति बाइडन माथि अडेको छ। लामो सयमदेखिको मित्र राष्ट्र र सहयोगी साउदी अरबमाथि उनले चाल्ने कदम कस्तो हुन्छ भन्नेमा धेरैको चासो रहेको छ।
साउदी राकुमार सलमानमाथि कुनै प्रतिबन्ध वा कडा कारबाहीको घोषणा नगरेकामा भने बाइडनको आलोचना हुन थालेको छ। वासिङ्टन पोष्टले सम्पादकीयमा राजकुमारमाथि कडा कारबाही गर्न नसकेकोमा चिन्ता व्यक्त गरेको छ।