गोकर्णेश्वर र अमेरिकाकाे अर्भिङ शहरबीच 'सिस्टर सिटी' सम्बन्धका लागि पहल
अमेरिका। काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिका र अमेरिकास्थित टेक्ससको सिटी अफ अर्भिङबीच 'सिस्टर सिटी' सम्बन्ध स्थापनाका लागि पहल थालिएकाे छ। साेही अवसरमा गोकर्णेश्वर नगरपालिका, काठमाडौंकाे एक प्रतिनिधिमण्डलकाे टाेलीलाई अमेरिकामा सम्मान गरिएकाे छ।

टाेली नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन र सिटी अफ अर्भिङ तथा अर्भिङ-लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणामा १० दिने अमेरिकाको भ्रमणमा आएको थियाे।

टेक्ससको सिटी अफ अर्भिङ र नेपालको गोकर्णेश्वर नगरपालिकाबीच 'सिस्टर सिटी' सम्बन्ध स्थापनाका लागि नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससले पहल शुरू गरेकाे छ। साेहीअनुसार पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाको तीन सदस्यीय प्रतिनिधिमण्डल टाेली अमेरिका आएको हाे।

टाेलीले भ्रमणका क्रममा अर्भिङ शहरस्थित महत्त्वपूर्ण कार्यालय अवलोकनका साथै फोहरमैला व्यवस्थापन, प्रहरी सुरक्षा, शुद्ध खानेपानीको उचित व्यवस्थापन तथा दमकल र अन्य आपतकालीन सुविधाबारे जानकारी लिएकाे छ।

भ्रमणको अन्तिम दिन स्थानीय सभाकक्षमा आयोजना गरिएको सम्मान कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले आफ्नो नगरपालिकाका लागि अत्यावश्यक विषयवस्तुमा धेरै कुरा सिक्ने मौका मिलेको बताए।

सिटी अफ अर्भिङका मेयर रिक स्टोफरले प्रतिनिधि मण्डललाई सम्मान गर्दै गोकर्णेश्वर नगरपालिकासँग थप सम्बन्ध विस्तारका लागि आफू इच्छुक रहेको बताए।

प्रतिनिधिमण्डल टाेलीले अर्भिङलगायत सम्पूर्ण काउन्सिल मेम्बरहरूलाई २०२० मा नेपाल भ्रमण औपचारिक निमन्त्रणा समेत गरेको छ। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेद्वारा प्रेसित औपचारिक पत्र सिटी अफ अर्भिङका मेयर स्टोफरलाई प्रदान गरिएको थियो। साथै नेपाली टोपी तथा अन्य उपहारहरू समेत हस्तान्तरण गरिएको थियो। मेयर स्टोफरका लागि भने बुद्धको एक विशेष मूर्ति प्रदान गरिएकाे थियाे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्