काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीका सल्लाहकारहरूले मन्त्रालयका प्रवक्ताहरूलाई निर्देशन नदिएको र सूचना प्रवाह प्रभावकारी बनाउन छलफल मात्र गरिएको बताएका छन्।
दुई दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार थापाले सबै मन्त्रालयका प्रवक्ताहरूसँग छलफल गरेका थिए।
त्यसक्रममा सल्लाहकारहरूले मन्त्रालयका प्रवक्तालाई निर्देशन दिएको भन्दै आलोचना भएको थियो । त्यो छलफल आफूहरूले नभई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यामलाल भुषालले आयोजना गरेको उल्लेख गर्दै थापाले भने, “सरकारको सूचना प्रवाह कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफलसम्म भएको हो, निर्देशनको कुरै छैन।”
थापाले सरकारका सूचना नलुकाउन, बरु प्रभावकारी रूपमा प्रवाह गर्न आग्रह भने गरेको बताए ।
“यो सल्लाहकारहरूले आयोजना गरेको कार्यक्रम होइन, हामीले आयोजना गरेको कार्यक्रम हो”, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यामलाल भुषालले भने, “त्यसमा सल्लाहकार र प्रवक्ताहरूबीच सूचना प्रवाह कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको हो।”