'सिद्धबाबा'लाई पुनः तीन दिनको म्याद थप <p>सुनसरी। जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।&nbsp;</p> <p>आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइरहेका गिरीलाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो।</p> <p>आफूहरूले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए। थपिएको म्याद समाप्त भएपछि गिरीको मिसिल अदालतमा बुझाइने प्रहरी नायव उपरीक्षक शर्माले बताए।</p> <p>दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका &#39;सिद्धबाबा&#39;लाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ होममै लगिएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीले मिसिल बुझाएपछि उनीमाथिको मुद्दामा थुनछेक बहस शुरू हुने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्